गल्फ लुब्रिकेन्टको जनकपुर भेला सम्पन्न

काठमाडौं । नेपालमा गल्फ लुब्रिकेन्ट उत्पादन र वितरण गर्ने नेपाल ल्युब आयल लिमिटेडले आफ्ना रिटेलरहरु तथा प्राइभेट ग्यारेज मेकानिक्सहरुसँगको भेटघाट तथा छलफल कार्यक्रम जनकपुरमा सम्पन्न गरेको छ । कम्पनीले आफ्ना आधिकारीक डिलर न्यु पुष्पा इन्टरप्राइजेज र जयसवाल ट्रेडर्ससँगको सहकार्यमा आयोजना गरेको कार्यक्रममा १६० भन्दा बढि नयाँ बिक्रेता र मेकानिक्सहरुले सहभागिता जनाएका थिए ।

कार्यक्रममा प्रमुख अतिथि जनकपुर उद्योग बाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठ, अतिथि जनकपुर उद्योग बाणिज्य संघका उपाध्यक्ष अम्भुप्रसाद साह र नेपाल ल्युब आयल लिमिटेडका सेल्स र मार्केटिङ विभागका पदाधिकारीहरुको उपस्थितिमा सम्पन्न भएको थियो ।

बिगत ६ वर्षदेखि डिलरको रुपमा जनकपुर र जलेश्वर क्षेत्रमा बिक्री वितरण गर्दै आइरहेको न्यु पुष्पा इन्टरप्राइजेज र जयसवाल ट्रेडर्सले यस क्षेत्रमा गल्फ लुब्रिकेन्टको माग अत्यधिक रहेको र ग्राहकहरुको पहिलो रोजाइमा परेको बताए ।

कार्यक्रममा नेपाल ल्यूब आयलका प्रादेशिक बजार व्यवस्थापक दिनेश कुमार यादवले गल्फका विभिन्न उत्पादनहरूको बारेमा जानकारी गराएका थिए । उनले नेपाल ल्युब आयलको अटोमोबाइलदेखि उद्योगहरूमा प्रयोग हुने सबै सेग्मेंट्स र ग्रेडका लुब्रिकेन्ट्स, ग्रीजको बारेमा विस्तृतमा जानकारी दिए ।

त्यस्तै उनले नेपाल ल्युब आयलले बिक्री गरिरहेको ब्याट्रीको बारेमा पनि प्रस्तुतीकरण दिएका थिए । कार्यक्रममा गल्फ लुब्रिकेन्टका रिटेलर जानकी मोटर स्पेयर र सुजित एण्ड सुमित अटोलाई उत्कृष्ट बिक्रेता अवार्ड प्रदान गरिएको थियो ।


Back_to_top