२ लाख ४० हजारमा टीभीएसको सेमी डर्ट बाइक

काठमाडौं । टीभीएसले नेपाली बजारमा ल्याएको सेमी डर्ट बाइक म्याक्स १२५ को मूल्य २ लाख ३९ हजार ९०० रुपैयाँ तोकेको छ । टीभीएस मोटर कम्पनीको लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले ल्याएको म्याक्स १२५ स्ट्रिट क्याटेगोरिको बाइक हो ।

आगामी हप्ता यो बाइकलाई पोखरामा विशेष कार्यक्रम गरेर सार्वजनिक गर्ने तयारी भइरहेको कम्पनी स्रोतले जानकारी दिएको छ ।

टीभीएसले इन्डोनेशिया प्लान्टबाट उत्पादन गर्ने यस बाइकमा उपलब्ध एसओएचसी फोर स्ट्रोक १२४.५३ सीसी इन्जिनले ५५ सय आरपीएममा १०.८ एनएम टर्कका साथै ८ हजार आरपीएममा १०.९ हर्ष पावर प्रदान गर्छ । 

विशेषत अफरोडका लागि प्रयोग गर्न बनाइएको यस बाइकको अगाडि चक्कामा डिस्क ब्रेक लगाइएको छ भने, पछाडिको चक्कामा ड्रम ब्रेक दिइएको छ । हरियो र निलो दुई कलर अप्सनमा उपलब्ध हुने यो बाइकको फ्रन्टमा टेलिस्कोपिक र रियरमा स्विंगआर्म सस्पेन्सनको विशेषता दिइएको छ । 

बाइकको फ्रन्टमा १९ इन्च र रियर १६ इन्चको रेडिएल टायर लगाइएको कम्पनीले आधिकारीक वेभसाइटमा उल्लेख गरिएको छ  ।

बाइकको लम्बाई २ हजार एमएम, चौडाई ७७० एमएम, उचाई १०७० एमएम रहेको छ । किक्क र इलेक्ट्रीक स्टार्टको अप्सन भएको यो बाइकमा चार स्पीड म्यानुअल गियरबक्स लगाइएको छ । 

बाइकमा इन्डिकेटर बल्ब लाइट, हेलोजन हेडल्याम्प, हेडजस्टेबल हेडलाइट, एलइडी टेलल्याम्प, साइड स्ट्यान्ड इन्डिकेटरको विशेषता उपलब्ध रहने छ । एनालग स्पिडोमिटर, टेकोमिटर र ट्रिपमिटरको विशेषता बाइकमा रहेको छ ।


Back_to_top