प्रोटोन इमास-७ को ब्याट्री माथि ३६ टनको ट्याङ्क चलाउँदा…

काठमाडौं । इमास-७ को ‘एजिज गोल्ड ब्रिक ब्याट्री’ले ३६ टनको ट्यांकको कम्प्रेशन टेस्ट पास गरेको छ । यो टेस्टमा ब्याट्री प्याक वा सेलमा कुनै आगलागी, विस्फोटन वा कुनै प्रकारको क्षती नभएको कम्पनीले जनाइएको छ ।

उक्त टेस्ट चीनले हालै जारी गरेको नेशनल ब्याट्री सेफ्टी स्ट्याण्डर्ड भन्दा १.८ गुणा बढी हो । चीनले तीन थरिको कोर सेफ्टी इम्प्रुभमेन्ट  स्ट्याण्डर्ड जारी गरेको थियो । त्यसमा फास्ट चार्जिङ साइकलपछिको सेफ्टी टेस्ट, थर्मल रनअवे प्रोटेक्सन र बटम इम्प्याक टेस्ट पास हुनु पर्ने थियो ।

जिली ग्रुपले उत्पादन गरेको एजिज गोल्ड ब्याट्री सिस्टमले यी सबै नयाँ स्ट्याण्डर्ड पार गरिसेको छ । यो ब्याट्री सबैभन्दा पहिला नयाँ सेफ्टी स्ट्याण्डर्ड पास गर्न सफल भएको हो ।

जिलीको एजिज गोल्ड ब्रिक ब्याट्री सानो लम्बाइ, बाक्लाे मोटाइ, कम आन्तरिक प्रतिरोध र न्युनतम ताप उत्पादन क्षमताको साथ उपलब्ध छ । यसमा उच्च गुणस्तरको कच्चा पदार्थ र आल्मुनियम अक्साइड हिट रेसिस्ट कोटिङ गरिएको छ । त्यसैले थप लचिलो वेट प्रोसेस भएको ड्यूल कोटेड सेप्रेटरको सहायताले ब्याट्री सेललाई फुट्न नदिने र फुटिहालेमा पनि थर्मल रनअवे नहुने बनाएको छ ।

जिलीका अनुसार उक्त गोल्डन ब्रिक ब्याट्री प्याक आईपी ६८ र आईपीएक्स ९ के प्रोटेक्सन रेटिङ प्राप्त छ । नेपाली बजारमा प्रोटोनले बिक्री गर्दै आएको इमास-७ मा उपलब्ध छ । सम्भवत सबैभन्दा सुरक्षीत ब्याट्री भएको मोडल इमास-७ बनेको छ ।


Back_to_top