काठमाडौं । अहिले ब्याजदर कम भएपनि डाउन पेमेन्ट धेरै गरेर विद्युतीय कार किन्नु पर्ने अवस्था छ । तर, प्रोटोनको आधिकारीक बिक्रेता जगदम्बा मोटर्सले सर्वाधिक कम ब्याजदर र २० प्रतिशत डाउन पेमेन्टमा नै प्रोटोन इमास-७ दिने भएको हो ।
अघिल्लो महिनाबाट बिक्री सुरु भएको प्रोटोन इमास-७ कम्प्याक्ट एसयूभी सेग्मेन्टमा उपलब्ध सबैभन्दा बलियो मोडल हो । चिनियाँ जिली ग्रुपले उत्पादन गरेको इमास-७ मा कम्पनीले स्कीम चलाई रहेको छ ।
प्रोटोन इमास-७ सम्बन्धी सम्पूर्ण विवरण थाहापाउन यहाँ क्लिक गर्नुहोस् ।
जगदम्बा मोटर्सले ४.९९ प्रतिशत ब्याजदरमै कर्जा सेवा उपलब्ध गराएको छ । साथै गाडीको मूल्यको २० प्रतिशत रकम डाउन पेमेन्ट गर्दा पुग्छ । कम्पनीले अहिले दुई भेरियन्टमा इमास-७ उपलब्ध गराएको छ । जसमा प्राइम भेरियन्टको मूल्य ५६ लाख ९९ हजार र प्रिमियमको मूल्य ६७ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।
दुई फरक ब्याट्री साइजमा उपलब्ध इमास-७ मा प्रयोग भएको एजिज सर्ट ब्लेड ब्याट्री हो । प्राइम भेरियन्टमा ४९.५२ किलोवाट र प्रिमियम भेरियन्टमा ६० किलोवाट आवरको ब्याट्री छ ।
गाडीको एक्सटेरियर एजुकेटीभ एसयूभीको फिल दिन सक्षम छ । क्याविन मिनिमल डिजाइनमा फिचर लोडेड छ । सानो ब्याट्रीले ३४५ र ठूलो ब्याट्रीले ४१० किलोमिटर रेन्ज दिने डब्लूएटीपी टेस्टले प्रमाणित गरेको छ ।
अहिले बजारमा रहेका प्रतिस्पर्धीसँग राम्रै प्रतिस्पर्धा गर्ने अनुमान गरिएको इमास-७ मा कम्पनीले दिएको स्कीमले पनि उपभोक्तालाई आकर्षित गर्ने अनुमान गर्न सकिन्छ ।