६ प्रतिशत व्याजदरमा नै ‘एक्स-७०’ एसयूभी किन्न सकिने

काठमाडौं । मलेसियन कम्पनी प्रोटोनको एक्स-७० एसयूभी ६ प्रतिशत व्याजदरमा नै किन्न सकिने भएको छ । नेपालको लागि प्रोटोनको आधिकारीक वितरक जगदम्बा मोटर्सले ६ प्रतिशत व्याजदरमा नै प्रोटोन एक्स-७० दिने अफर ल्याएको हो ।

कम्पनीले केही दिनअघि मात्रै आधिकारीक रुपमा सार्वजनिक गरेको नयाँ एसयूभीको सुरुवाती स्टायडर्ड भेरियन्टको मूल्य ८६ लाख ९९ हजार निर्धारण गरेर विक्री सुरु गरेको थियो । टु ह्वील ड्राइभ र फोर ह्वील ड्राइभ अप्सनमा नेपाल आएको एक्स ७० एजुकेटीभ भेरियन्टको मूल्य ९१ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

एजुकेटीभ भेरियन्टलाई ग्राहकले अलह्वील ड्राइभ अप्सनमा पनि खरिद गर्न सक्ने छन् । यसको मूल्य ९६ लाख ९९ हजार तोकिएको छ ।

कम्पनीले एक्स ७० को टप भेरियन्ट प्रिमियम पनि नेपालमा विक्री गर्ने छ । यसको मूल्य १ करोड ४ लाख ९९ हजार तोकिएको छ । यो भेरियन्टमा टु ह्वील ड्राइभ सिस्टम उपलब्ध रहेको छ ।

यस्ता छन् फिचर

एक्स ७० को स्टायडर्ड भेरियन्टमा ६ वटा एयरव्याग, १७ इन्चको अलोय ह्वील, फेब्रिक सिट, ८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, ६ स्पीकर, रियर भ्यू क्यामेरा जस्ता फिचर दिइएको छ ।

एजुकेटीभ भेरियन्टमा एलइडी हेडल्याम्पको साथमा डे टाइम रनिङ लाइट, १८ इन्च अलोय ह्वील, पावर टेलगेट, अगाडि वेलकम ल्याम्प, लेदर सिट, ८ स्पीकर, ३६० डिग्री क्यामेरा जस्ता फिचर पाउन सकिन्छ ।

प्रिमियम भेरियन्टमा एड्भान्स ड्राइभर एसिस्टेन्स, टायर प्रेसर मोनिटर, १९ इन्चको अलोय ह्वील, फुट सेन्सर सहितको पावर टेलगेट, प्रिमियम लेदर सिट, अगाडिको यात्रुको लागि पावर सिट, ९ वटा स्पीकर जस्ता फिचर उपलब्ध रहेको छ । प्रिमियम एक्स भेरियन्टमा भने पानारोमिक सनरुफ समेत उपलब्ध रहेको छ ।

प्रोटोन एक्स ७० मा १.५ लिटर टिजीडीआई टर्बो चार्ज्ड डाइरेक्ट इन्जेक्सन पेट्रोल इन्जिन उपलब्ध रहेको छ ।


Back_to_top