होन्डा साइन पल्सर १२५ मा कुन उत्कृष्ट, यस्ता छन् भिन्नता (मूल्यसहित)

काठमाडौं । बजारमा होन्डा साइनलाई टक्कर दिन बजाजले पल्सर १२५ उतारेको छ । साइन कम्यूटर सेग्मेन्टमा सर्वाधिक बिक्री हुने मध्एको एक मोटरसाइकल हो । यस्तोमा बजाजले पल्सर १२५ बजारमा उतारेर सेग्मेन्टमा कडा प्रतिस्पर्धा सुरु गरेको छ ।

बजाजले पल्सर १२५ सीसी सेगमेन्टमा तराई क्षेत्रबाट बिक्री सुरुवात गरेको यो मोटरसाइकल देशभर बिक्री सुरु गरेको छ ।

अहिले बजारमा यो सेग्मेन्टमा सीबी साइन, टीभीएस स्टाइकर, बजाज पल्सर १२५, यामाहा सलुटो जस्ता मोटरसाइकल बिक्री भइरहेको छ । यसैबीच हामी बजाज पल्सर १२५ र होन्डा सीबी साइन डीएसएस बीच रहेका भिन्नता केलाउने छौ ।

इन्जिन

होन्डा सीबी साइनमा १२४.७ सीसी सिगंल सिलिन्डर, एयरकुल्ड, कार्वुरेटर इन्जिन रहेको छ । यो इन्जिनले ७५०० आरपीएममा १०.१६ बीएच पावर तथा ५५०० आरपीएममा १०.३ एनएम टर्क जेनेरेट गर्छ ।

त्यस्तै बजाज पल्सर १२५मा १२४.४ सीसी सिगंल सिलिन्डर, एयरकुल्ड, कार्वुरेटर इन्जिन रहेको छ । यो इन्जिनले ८५०० आरपीएममा ११.८ बीएच पावर तथा ६५०० आरपीएममा ११ एनएम टर्क जेनेरेट गर्छ । सीबी साइनमा ४ स्पीडको र पल्सर १२५ मा ५ स्पीडको गियर बक्स जडान गरिएको छ ।

पावरको मामलामा बजाज पल्सर पावरफुल रहेको छ ।

डाइमेन्सन

सीबी साइनको कुल तौल १२२ केजी रहेको छ । यस्तै यसको लम्बाई २०१२ एमएम, चौडाई ७६२ एमएम, उचाई १०९० एमएम र ह्वीलबेश १२६६ एमएम रहेको छ ।

तर, पल्सर १२५ को कुल तौल १४० केजी रहेको छ । यस्तै यसको लम्बाई २०५५ एमएम, चौडाई ७५५ एमएम, उचाई १०६० एमएम र ह्वीलबेश १३२० एमएम रहेको छ । यस्तै सीबी साइनको ग्राउन्ड क्लियरेन्स १५७ एमएम रहेको छ भने पल्सर १२५ को १६५ एमएम रहेको छ ।

सस्पेन्सन

यी दुबै मोटरसाइकलको फ्रन्टमा टेलिस्कोपिक सस्पेन्सन रहेको छ । सीबी साइनको रियरमा स्प्रिङ लोडेड हाइड्रोलि सस्पेन्सन रहेको छ भने, पल्सर १२५ मा ट्वीन ग्यास सस्पेन्सन रहेको छ ।

ह्वील तथा ब्रेक

यी दुबै मोटरसाइकलको फ्रन्टमा डिस्क तथा रियरमा ड्रम ब्रेक उपलब्ध रहेको छ । यी दुबै मोटरसाइकलको फ्रन्टमा २४० एमएमको डिस्क तथा रियरमा १३० एमएम ड्रम ब्रेक रहेको छ । बजाज पल्सर १२५ मा १७ इन्च ट्यूवलेस टायर रहेको छ भने होन्डा सीबी साइनमा १८ इन्च अलोय ह्वील रहेको छ ।

यी दुबै मोटरसाइकलमा हेलोजीन हेडल्याम्प रहेको छ भने एलइडी टेल ल्याम्प रहेको छ । दुबै मोटरसाइकलमा सेमिडिजिटल कन्सोल रहेको छ । सीबी साइनमा एनालग स्पीडोमिटर रहेको छ भने, पल्सर १२५ मा डिजिटल रहेको छ ।

मूल्य

होन्डा सीबी साइनको सुरुवाति मूल्य नेपाली बजारमा २ लाख १६ हजार ९०० रुपैयाँ रहेको छ भने बजाज पल्सर १२५ को मूल्य २ लाख २४ हजार ९०० रुपैयाँ तोकिएको छ ।


Back_to_top