यामाहाकाे सलुटो किन्दा ३२ इन्च टिभी सित्तैमा

काठमाडौं । यामाहाले सलुटो मोटरसाइकल खरिदमा नयाँ स्कीम ल्याएको छ । यामाहा मोटरसाइकलको लागि नेपालको आधिकारीक वितरक एमएडब्ल्यु इन्टरप्राइजेजले सलुटोको खरिदमा हरेक ग्राहकलाई ३२ इन्चको एलइडि टेलिभिजन उपहार योजना ल्याएको हो ।

ग्राहले नेपाल भरि रहेको यामाहाको आधिकारीक शोरुमबाट यो योजनामा सहभागी हुन सक्नेछन् । हरेक सलुटोको खरिदमा ग्राहकले भिडियोकनको ३२ इन्च टेलिभिजन उपहार स्वरुप प्राप्त गर्नेछन् ।

‘हामी यो विवाहकको मौसमलाई थप उल्लासमय बनाउन चाहन्छौं । त्यसैले सलुटो वा एसजी आरआर किन्दा उपहारमा टिभी पाउने योजना ल्याएका छौं । हामीलाई विश्वास छ यो योजनाले नवविवाहित दम्पत्ति मात्र होइन भर्खरै पारिवारिक सम्बन्धमा जोडिएकाहरु पनि खुशी हुनुहुनेछ । जीवनको नयाँ अध्याय सुरुवात गर्ने सबैमा सुखद दाम्पत्य जीवनको शुभकामना पनि व्यक्त गर्न चाहन्छौं,’ यामाहाका मार्केटिङ हेड विक्रम पौडेलले बताए ।

यस्तो छ यामाहा सलुटाे
यामाहाले सलुटो १२५ बाइकलाई नयाँ डिजाइनको साथ हालै सार्वजनिक गरेको हो । कम्पनीले सलुटो १२५ यूबीएस र सलुटो आरएक्स ११० यूबीएस दुई मोडल नेपाली बजारमा सार्वजनिक गरेको हो । यसअघि पनि यसको रेगुलर भर्सन बिक्री गरिरहेको थियो ।

यामाहा प्याटेन्टेन १२५ सीसीको ब्लुकोर इन्जिनजडित यामाहा स्यालुटो उच्च कोटीको पर्फर्मेन्स, उत्कृष्ट माइलेज र विश्वसनीयताका कारण ग्राहकमाझ लोकप्रिय छ । यामाहा सलुटोको नारा ‘माइलेज तिमीलाई सलाम’ रहेको छ ।

यामाहाले नेपाली बजारमा बिक्री गर्दै आएको सबैभन्दा सस्तो बाइक पनि सलुटो नै हो । नेपालको लागि यामाहाको आधिकारीक वितरक एमएडब्ल्यूले बिक्री गर्दै आएको सलुटो १२५ डिस्क ब्रेक र ड्रम ब्रेक अप्सनमा उपलब्ध रहेको छ । डिस्क ब्रेक युक्त बाइकको मूल्य २ लाख ९ हजार ९०० रुपैयाँ रहेको छ ।

सलुटो १२५ यूबीएसमा एयरकुल्ड, ४ स्टोक,एसओएचसी, २ भल्व वेस ब्ल्युकोर इन्जिन दिइएको छ । यो इन्जिनले ८ बिएच पावर तथा ८ एनएम टर्क जेनेरेट गर्छ ।


Back_to_top