प्योर ईभी स्कुटर किन्दा ४५ हजारसम्म नगद छुट पाइने

काठमाडौं । प्योर ईभी ब्राण्ड इलेक्ट्रीक स्कुटर खरिद गर्दा ४५ हजार रुपैयाँसम्म नगद छुट पाइने भएको छ ।

विगत ४ वर्षदेखि नेपाली बजारमा प्योर ईभीका स्कुटर बेच्दै आएको ह्वाइट लोटस मोटर्सले आगामी नयाँ वर्ष २०८१ को उपलक्ष्यमा नगद छुट योजना सार्वजनिक गरेको हो ।

कम्पनीका अनुसार ग्राहकले प्योर ईभी ब्राण्डको कुनै पनि इलेक्ट्रीक स्कुटर खरिद गर्दा ४५ हजार रुपैयाँसम्म नगद छुट पाउने छन् ।

यो योजना फागुन १ गतेदेखि आगामी वैशाख ३१ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ ।

उपत्यकाको काठमाडौं, ललितपुर र भक्तपुरसहित देशभरिका प्रमुख सहरमा प्योर ईभीको शोरुम तथा डिलर नेटवर्क रहेको छ ।

सबै डिलर मार्फत बिक्रीपछिको सेवा समेत दिँदै आएको प्योर ईभीको काठमाडौंमा कालोपुल र बुद्धनगरमा अत्याधुनिक सर्भिस सेन्टर रहेको छ


Back_to_top