बजाज मोटरसाइकल किस्तामा किन्ने ६५ जनालाई कर्जा तिर्न ३५ दिने सूचना

काठमाडौं । हुलास फिन हायर पर्चेज लिमिटेडले कर्जा लिएर सवारीसाधन किनेका तर किस्ता तिर्न नआएका ६५ जनाको नाम पत्रिकामा प्रकाशन गरेको छ । नाम प्रकाशन भएका अधिकांशले हुलास फिनबाट कर्जा लिएर बजाजका मोटरसाइकल खरिद गरेका थिए ।

कम्पनीले आज फागुन ६ गते राष्ट्रिय दैनिकमा ऋणिहरुको तीन पुस्ते प्रकाशन गर्दै सूचना प्रकाशित मितिले ३५ दिन भित्र साँवा ब्याज भुक्तानी गर्न भनिएको छ । अन्यथा ऋणीलाई कालोसूचीमा राख्ने, मोटरसाइकल तथा धितो लिलामी प्रक्रिया सुरु गर्ने उल्लेख छ ।

हुलास फिन नयाँ तथा पुराना गाडीमा कर्जा प्रबाह गर्ने कम्पनी हो । जसले सबैभन्दा धेरै बजाज तथा केटीएमका मोटरसाइकल खरिद गर्ने ग्राहकलाई कर्जा सुविधा उपलब्ध गराउँदै आएको छ । कम्पनीले प्रकाशित गरेको सूचनामा सबै ऋणी बजाज मोटरसाइकल खरिद गर्नेछन् ।


Back_to_top