झट्ट हेर्दा उस्तै देखिने दुई मोटरसाइकल, मूल्य उस्तै भएपनि बिक्रीमा धेरै फरक

काठमाडौं । स्पोर्टस् मोटरसाइकल धेरै युवाहरुको चाहना हुने गर्छ । तर, महंगो मूल्यका कारण यसलाई सबैले किन्न सक्ने अवस्था छैन । नेपालमा बिक्री हुने यामाहा र सुजुकीको मोटरसाइकलमा भने प्रतिस्पर्धा हुने देखिन्छ । तर, यामाहासँग सुजुकीले प्रतिस्पर्धा गर्न सकिरहेको छैन ।

झट्ट हेर्दा उस्तै देखिने यामाहा आर १५ भी ३ र सुजुकी जिक्सर एसएफ २५० दुई भिन्न सेग्मेन्टका मोटरसाइकल हुन् । यामाहा आर १५ भी ३ स्पोर्टस् सेग्मेन्टको मोटरसाइकल हो भने, जिक्सर एसएफ २५० कम्यूटर सेग्मेन्टको मोटरसाइकल हो ।

यामाहा आर १५ भी ३ र जिक्सर एसएफ २५० दुबै फुल फियर्ड मोटरसाइकल हुन् । झट्ट हेर्दा सुजुकी जिक्सर स्पोर्टस् मोटरसाइकल जस्तो देखिन्छ तर यो मोटरसाइकल रेस ट्रयाकका लागि डिजाइन गरिएको भने होइन ।

यामाहा आर १५ भी ३ पूर्णत रेस ट्रयाक मोटरसाइकल हो । यामाहा आर १५ नेपाली बजारमा निकै लोकप्रिय र सफल रहेको छ । तर, यामाहाको तुलनामा सुजुकी जिक्सर २५० को बिक्री अत्यन्त न्यून रहेको छ ।

फरक सेग्मेन्टमा यी दुई मोटरसाइकको मूल्य भने उस्तै रहेको छ । तर, यी दुई मोटरसाइकलमा धेरै फिचर समान रहेका छन् । यस्तोमा यी दुई मोटरसाइकलमा रहेका तुलनात्मक भिन्नता यस प्रकार रहेका छन् ।

इन्जिन

यामाहा आर १५ भी ३ मा १५५ सीसी सिंगल, सिलिन्डर, लिक्विड कुल्ड, एफआई (भिभिए) इन्जिन रहेको छ । यो इन्जिनले १०००० हजार आरपीएममा १८.३ बीएच पावर तथा ८५०० आरपीएममा १४.१ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीडको गियरबक्स दिइएको छ ।

त्यसैगरि सुजुकी जिक्सर एसएफ २५० मा २४९ सीसी सिंगल सिलिन्डर, आयल कुल्ड, एफआई इन्जिन रहेको छ । उक्त इन्जिनले २६.५ पीएस पावर प्रदान गर्छ । यसमा ६ स्पीडको गियरबक्स दिइएको छ ।

सुजुकी एसएफ २५० को टप स्पीड १५० किलोमिटर र यामाहा आर १५ भी ३ को १३६ किलोमिटर प्रतिघण्टा रहेको छ ।

ठूलो साइजको इन्जिन रहेकाले यी दुई मोडलमा पावरको विषय धेरै चर्चा गरिरहनु पर्ने विषय होइन । स्वभाविकरुपमा जिक्सर २५० पावरफुल रहेको छ ।

डाइमेन्सन

आर १५ भी ३ को लम्वाई १९९० एमएम, चौडाई ७२५ एमएम, उचाई ११३५ एमएम, ह्वीलवेस १३२५ एमएम रहेको छ । साथै, यसको सिट हाइट ८१५ एमएम र ग्राउन्ड क्लियरेन्स १५० एमएम रहेको छ ।

जिक्सर एसएफ २५० को लम्वाई २०१० एमएम, चौडाई ७४० एमएम, उचाई १०३५ एमएम, ह्वील बेस १३४५ एमएम रहेको छ । यस्तै यसको सिट हाइट ८०० एमएम र ग्राउन्ड क्लियरेन्स १६५ एमएम रहेको छ ।

लम्बाई र ह्वीलवेसमा जिक्सर २५० अगाडि रहेको छ ।

सस्पेन्स

आर १५ भी ३ मा डेल्टा बक्स फ्रेममा डिजाइन रहेको छ । यसको फ्रन्टमा टेलिस्कोपिक फर्क र रियरमा मोनोक्रस लिकं सस्पेन्सन रहेको छ ।
जिक्सर एफएस २५०को फ्रन्टमा टेलिस्कोपिक र रियरमा स्वीङ आर्म मोनो सस्पेन्सन रहेको छ ।

ब्रेक/ह्वील

ब्रेक यी दुबै मोटरसाइकलमा डबल डिस्क ब्रेक तथा डबल च्यानल एबीएस उपलब्ध रहेको छ । आर १५ भी ३ को फ्रन्टमा २८२ एमएमको हाइड्रोलिक डिस्क र रियरमा २२० एमएमको हाइड्रोलिक डिस्क ब्रेक रहेको छ । आर १५ भी ३ मा १७ इन्च अलोय ह्वील रहेको छ ।

त्यस्तै जिक्सर २५० मा ३०० एमएमको र रियरमा २७० एमएमको डिस्क ब्रेक रहेको छ । यसमा १७ इन्च कास्ट ह्वील दिइएको छ ।

माइलेज

यामाहा आर १५ भी ३ मा ११ लिटरको फ्यूल ट्याङक रहेको छ । यो मोटरसाइकलले ३० किलोमिटर प्रतिलिटर माइलेज दिने कम्पनीले दावी गरेको छ ।

त्यस्तै सुजुकी जिक्सर एसएफ २५० मा १२ लिटर क्षमताको ट्याङक रहेको छ । यो मोटरसाइकलले प्रति लिटर ३८ किलोमिटर माइलेज दिने कम्पनीको दावी रहेको

अन्य फिचर

यी दुबै मोटरसाइकलमा एलइडी हेडलाइट लाइट, ब्रेक लाइट, फुल डिजिटल इन्स्ट्रुमेन्ट कल्स्टर, पिलियन सिट, डबल च्यानल एबीएस जस्ता समान फिचर रहेको छ ।

मूल्य

आर १५ भी ३ को मूल्य ४ लाख ६९ हजार ९०० रुपैयाँ रहेको छ । सुजुकी जिक्सर २५० एसएफ त्यस्तै ४ लाख ९८ हजार ९०० रुपैयाँ रहेको छ ।


Back_to_top