बजाज मोटरसाइकलको परिकल्पनाकार राहुलको निधन

काठमाडौं । बजाज अटो ग्रुपका पूर्व अध्यक्ष राहुल बजाजको निधन भएको छ । भारतमा स्कुटरको बजार विस्तार गर्न निकै ठूलो योगदान दिएका राहुल बजाजले ८३ वर्षको उमेरमा संसार छाडेका हुन् ।

बजाज चेतकबाट ख्याती कमाएका राहुल बजाजले लिएका निर्णयबाट बजाज अटोले निकै ठूलो सफलता पाएको थियो । उनको नेतृत्वमा ‘हामरा बजाज’ जस्तो ठूलो क्याम्पेन संचालन भएको थियो ।

सन् १९७२ देखि निरन्तर ५० वर्ष कम्पनीलाई नेतृत्व गरेका राहुल बजाज राजनीतिमा पनि सक्रिय थिए । राज्यसभामा संसद रहेर काम गरेका बजाजले भारतको पद्म भुषण अवार्ड पाएका थिए ।

उनको नेतृत्वमा बजाजले चेतकदेखि पल्सर सिरिजसम्म तयार गरेर बजारमा ल्याएको थियो । उनले सन् २०२१ बाट कम्पनीको कार्यकारी अध्यक्षको भूमिका छाडेका थिए ।


Back_to_top