काठमाडौं । गत असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीका कारण रसुवागढीमा राखिएका ४३ वटा गाडीमा क्षति पुगेको भन्दै बीमा दाबी माग भएको छ ।
नेपाल बीमा प्राधिकरणका अनुसार ३२ वटा सार्वजनिक र ११ वटा निजी सवारी साधनमा क्षति पुगेकोभन्दै बीमा दाबी परेको हो ।
प्राधिकरणका अनुसार ३२ वटा सार्वजनिक सवारीमा २ करोड ३१ लाख ५० हजार रुपैयाँ र ११ वटा निजी सवारीको १ करोड १७ लाख ५० हजार रुपैयाँ बराबरको बीमा दाबी परेको छ ।
बाढीले ३५ वटा ईभी, २४ वटा मालबाहक कन्टेनर र ६ वटा मालवाहक ट्रक बगाएको थियो । बगाएका सबै ईभीकाे भन्सार जाँचपास नभएकाले मोटर बीमा भएको थिएन् । ती ईभीको सामुद्रिक बीमा गरिएको हुन्छ । सामुद्रिक बीमा अन्तर्गत कुल १५ करोड ७० लाख १० हजार रुपैयाँ दाबी परेको प्राधिकरणले जनाएको छ ।
समग्रमा बाढीबाट पुगेको क्षतिका लागि कुल २८ करोड ९२ लाख २६ हजार रुपैयाँ बराबरको ६३ वटा बीमा दाबी परेको छ ।

