नयाँ बजेट अनुसार यस्तो छ बागमतीमा तिर्नुपर्ने सवारी कर (सूची)

काठमाडौं । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ मा लाग्ने सवारी साधनको वार्षिक करको दर यथावत राखेको छ ।

प्रदेश सरकारले आगामी आवको बजेट कार्यान्वयनका लागि जारी गरेकाे आर्थिक विधेयक २०८२ मा वार्षिक सवारी कर हेरफेर नगरी चालु आवकै दरलाई निरन्तरता दिएको हो ।

आर्थिक विधेक मार्फत सवारी सरुवा सहमति शुल्क, अस्थायी दर्ता शुल्क बढाएको प्रदेशले वार्षिक सवारी कर भने यथावत राखेको हो ।

आइसीनिजी कार, जीप भ्यानमा १००० सीसीसम्म २२ हजार, १००० सीसी माथिदेखि १५०० सीसीसम्म २५ हजार, १५०० सीसी माथिदेखि २००० सीसीसम्म २७ हजार, २००० सीसी माथिदेखि २५०० सीसीसम्म ३७ हजार, २५०० सीसी माथिदेखि ३००० सीसीसम्म ५० हजार, ३००० सीसी माथिदेखि ३५०० सीसीसम्म ६५ हजार ३५०० सीसीभन्दा माथि सबै ७० हजार रुपैयाँ कर लाग्ने छ ।

त्यस्तै, विद्युतीय निजी कार, जीप, भ्यानमा मोटर पीकपावर ५० किलोवाटसम्म ५ हजार, ५० देखि १२५ किलोवाटसम्म १५ हजार, १२५ किलोवाटदेखि २०० किलोवाटसम्म २० हजार २०० किलोवाटभन्दा माथि ३० हजार रुपैयाँ सवारी कर लाग्ने छ ।

त्यसैगरी , निजी मोटरसाइकलकमा १२५ सीसीसम्म ३ हजार, १२५ सीसी माथिदेखि १५० सीसीसम्म ५ हजार, १५० सीसी माथिदेखि २२५ सीसीसम्म ६ हजार ५००, २२५ सीसी माथिदेखि ४०० सीसीसम्म १२ हजार, ४०० सीसी माथिदेखि ६५० सीसीसम्म २५ हजार, ६५० सीसीभन्दा माथि सबै ३५ हजार रुपैयाँ कर लाग्नेछ ।

 


Back_to_top