काठमाडौं । टाटा मोटर्सले प्यासेन्जर कार सेग्मेन्टमा आफ्नो पोर्टफोलियाो डबल बनाउने योजना सार्वजनिक गरेको छ । कम्पनीले सन् २०३० सम्ममा ३० नयाँ मोडल लन्च गर्ने घोषणा गरेको हो ।
कम्पनीले अहिले भइरहेको मोडलको अपडेटेड भर्सन र नयाँ मोडलहरू गरी ३० वटा फ्रेस कारहरू लन्च गर्ने भएको हो । टाटा मोटर्सले ३० मध्य ७ मोडलहरू भने विल्कुलै नयाँ हुने छन् । टाटाले लन्च गर्ने ७ नयाँ मोडलहरू आइसीई र इलेक्ट्रीक दुवै पावरट्रेनमा लन्च गर्ने बताएको छ ।
टाटाले दोस्रो पोजिसनका लागि महिन्द्रा र हुन्डाईसँग कडा प्रतिस्पर्धा गरिरहेको छ । यस अघि नै महिन्द्रा र हुन्डाईले सन् २०३० सम्मको लागि नयाँ मोडलका कारहरू लन्च गर्ने योजना सार्वजनिक गरिरहेका छन् । टाटाले केही दिन अघि मात्रै ह्यारियर इभी र अल्ट्रोजको रिफ्रेस मोडल लन्च गरिसकेको छ ।
अबको योजनामा निकट भविष्यमै टाटाको सिरिया लन्च हुनेछ । इलेक्ट्रीक र इन्टरनल कम्बस्चन दुवै भेरियन्टमा आउनेछ । टाटाले प्रिमियम सेग्मेन्टमा हाइइन्ट अभिन्या रेन्ज लन्च गर्ने योजना बनाएको छ । त्यस्तै अपडेटेड पन्च र नयाँ जेनेरेशन नेक्सनमा पनि काम भइरहेको छ ।

टाटाले आगामी २०२६ बाट २०३० सम्म प्यासेन्जर भेहिकल डिभिजनमा ३५ हजार करोड लगानी गर्ने योजना बनाएको छ । कम्पनीले यो फण्डले नयाँ मोडलको विकास, नेक्सट जेनेरेशन पावरट्रेनका साथै इलेक्ट्रोनिक्स र इनहाउस सफ्टवेयर क्षमताको विकास गर्नेछ ।

