बागमतीले बढायो सवारी सरुवा शुल्क, कुनले कति तिर्नुपर्छ ?

काठमाडौं । बागमती प्रदेश सरकारले सवारी साधनको सरुवा सहमति (बागमतीबाट अर्को प्रदेशमा दर्ता गर्न लैजाँदा)मा लाग्ने शुल्क बढाएको छ ।

प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयनका लागि जारी गरेकाे आर्थिक विधेयक २०८२ मार्फत सवारी साधन सरुवा शुल्क बढाएको हो ।

बागमतीले सवारी सरुवा शुल्क ५०० रुपैयाँसम्म बढाएको हो ।

आर्थिक विधेयक २०८२ अनुसार अब सवारी सरुवा सहमति लिन ठूला सवारी २ हजार ५००, मझौला सवारी २ हजार, कार, जिप, भ्यान, पिकअप, टेम्पो १ हजार ५०० र मोटरसाइक तथा स्कुटरले १ हजार रुपैयाँ शुल्क तिर्नुपर्नेछ ।

हाल यस्तो शुल्क ठूला सवारीले २ हजार, मझौला सवारी १ हजार ५००, कार, जिप, भ्यान, टेम्पोले १ हजार र मोटरसाइकल तथा स्कुटरले ५०० रुपैयाँ तिर्नुपर्छ ।

बढेको शुल्क आगामी साउन १ गतेदेखि लागू हुनेछ ।


Back_to_top