बढ्यो सवारी साधनको अस्थायी दर्ता शुल्क

काठमाडौं । बागमती प्रदेश सरकारले सवारी साधनको अस्थायी दर्ता शुल्क बढाएको छ ।

प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयनका लागि जारी गरेको आर्थिक विधेयक २०८२ मार्फत सवारी साधन अस्थायी दर्ता शुल्क बढाएको हो ।

बागमती सरकारले प्रदेशभित्र अस्थायी रुपमा दर्ता हुने निजी र सार्वजनिक दुवै सवारीमा लाग्ने शुल्क बढाएको हो । आर्थिक विधेयकमार्फ अस्थायी सवारी शुल्क सवारी साधन अनुसार न्यूनतम २०० रुपैयाँदेखि अधिकतम ५०० रुपैयाँसम्म बढाइएको छ ।

ठूला सवारीमा लाग्ने अस्थायी सवारी दर्ता शुल्क ५०० रुपैयाँ बढाएर निजीमा १ हजार ५०० रुपैयाँ र सार्वजनिक २ हजार रुपैयाँ पुर्याइएको छ ।

त्यस्तै, मझौला सवारी निजीमा १ हजार २०० र सार्वजनिक १ हजार ५०० रुपैयाँ, साना सवारी कार, जिप, भ्यानतर्फ निजी १ हजार र सार्वजनिक १ हजार २०० रुपैयाँ, मेटरसाइकल/स्कुटर निजीमा ८०० रुपैयाँ र सार्वजनिक १ हजार रुपैयाँ पुर्याइएको छ । मोटरसाइकलमा चालु आवमा मोटरसाइकल निजी र सार्वजनिक दुवैमा समान छ ।

आर्थिक ऐन २०८१ अनुसार अस्थायी दर्ता दस्तुर ठूला सवारी निजी १ हजार २०० रुपैयाँ र सार्वजनिक १ हजार ५०० रुपैयाँ लाग्छ ।

त्यस्तै, मझौला सवारी निजी १ हजार रुपैयाँ र सार्वजनिक १ हजार २०० रुपैयाँ, साना सवारी कार, जिप, भ्यान निजीमा ८०० रुपैयाँ र सार्वजनिकमा १ हजार रुपैयाँ, मेटरसाइकल÷स्कुटर निजी र सार्वजनिक दुवैमा ८०० रुपैयाँ शुल्क लागने व्यवस्था छ ।


Back_to_top