भिटारा ब्रेजालाई टक्कर दिन आउँदै, तीन नयाँ कम्प्याक एसयूभी

भारतीय बजारमा कम्प्याक्ट एसयूभी सेग्मेन्टमा मारुती सुजुकी भिटारा ब्रेजा बिक्रीको हिसाबले पहिलो स्थानमा रहेको छ । कम्पनीले यस एसयूभीको प्रत्येक महिना ११ हजारभन्दा बढी युनिट बिक्री गरिरहेको छ । 

बजारमा अत्याधिक रुचाइएको यो एसयूभीका अन्य प्रतिस्पर्धी फोर्ड–ईकोस्पोर्ट, टाटा–नेक्सनजस्ता मोडलको बिक्री औसत मासिक ४ हजारदेखि ५ हजारसम्ममात्रै बिक्री हुने गरेका छन् । 

यो तथ्याङ्क हेर्दा यो सेग्मेन्टमा मारुती सुजुकी भिटारा–ब्रेजासँग सिधा प्रतिस्पर्धा गर्न कुनै एसयूभीले सकिरहेका छैनन् । तर, नयाँ वर्षसँगै यो सेग्मेन्टमा थप प्रतिस्पर्धा हुने देखिएको छ । 

हुन्डाई क्यूएक्सआई

हुन्डाईले नयाँ कम्प्याक्ट एसयूभी उत्पादन कोण–नेम ‘क्यूएक्सआई’ सार्वजनिक गर्ने तयारी अन्तिमतिर पुगेको जनाएको छ । कम्पनीले २०१९ को मार्च अन्त्यसम्ममा यसलाई बजारमा उतार्ने योजना बनाएको छ । 

कार्लिनो कन्सेप्टमा निर्माण भएको यो एसयूभी निकै आकर्षक डिजाइनमा बनेको कम्पनीले दाबी गरेको छ । यसको फूटस्टेपमा अन्य मोडलहरुको डिजाइन प्रयोग गरिएको छ । हुन्डाईको नयाँ जेनेरेशनको यो मोडल सान्ता–फे र कोनाजस्तै देखिन्छ । 

नयाँ टर्बोचाज्र्ड पेट्रोल इन्जिन र १.४ लिटर डिजेल इन्जिनमा आउने यो कम्प्याक एसयूभीले ब्रेजालाई कडा टक्कर दिने अनुमान गरिएको छ । 

टोयोटा भिटारा ब्रेजा–बेस कम्प्याक्ट एसयूभी

मारुती सुजुकी र टोयोटाको सहकार्यमा बनेको नयाँ भिटारा ब्रेजा बजारमा आउने तयारीमा छ । कम्पनीले यस कम्प्याक्ट एसयूभीलाई बजारमा २०१९ को अन्त्यसम्ममा सार्वजनिक गर्नेछ । 

टोयोटाले यसको डिजाइनमा केही परिवर्तन गरेको जनाएको छ । यसको फ्रन्टमा नयाँ ग्रील राखिएको छ भने पुनः डिजाइन गरिएको बम्पर, प्रोजेक्टर हेडल्याम्प तथा इन्टेग्रेटेड डीआरएल दिइएको छ । 

त्यस्तै, यस कम्प्याक्ट एसयूभीमा नयाँ अलोय–ह्वील, रियरमा नयाँ टेलल्याम्प तथा अपडेटेड बम्पर दिइएको छ । यसको इन्टेरियरमा मारुती सुजुकीकै डिजाइन दिइएको छ । 

यसमा १.३ लिटर डिजेल इन्जिन र १.० लिटर बुस्टरजेट पेट्रोल इन्जिन दिइएको छ । यसमा अटोमेटिक तथा म्यानूअल दुवै गियरबक्स लगाइएको छ । यसले पनि भारतीय बजारमा राम्रो पकड बनाउने अनुमान गरिएको छ ।

महिन्द्रा एक्सयूभी–३००

महिन्द्राले बहु–प्रतिक्षित कम्प्याक्ट एसयूभी एक्सयूभी–३०० फेब्रुअरी २०१९ मा सार्वजनिक गर्दैछ । स्याङ्योङ टिभोली प्लेटफर्ममा निर्माण भएको यस एसयूभीमा यू–सेपमा एलईडी सिग्नेचर हेडल्याम्प दिइएको छ भने सिक्स–सल्ट–टुटे–ग्रिललगायत थुप्रै फिचरले नयाँ एसयूभीलाई एग्रेसिभ बनाएको छ । 

एक्सयूभी–३०० मा थ्री–स्पोक स्टेरिङ्ग ह्वील दिइएको छ । पुस बटम स्टार्ट, १७–इन्च अलोय–ह्वील, प्रोजेक्टर हेडल्याम्प, स्पोइलर, अटोमेटिक हेडल्याम्प, अटोमेटिक वाइपरलगायतका फिचरले यो एसयूभीलाई निकै आकर्षक बनाएको छ ।  

कम्पनीले यसमा १.५ लिटर फोर–सिलिन्डर डिजेल इन्जिन दिएको छ, जसले १२२.६४ पीएस पावर र ३०० एनएम–टर्क प्रदान गर्नेछ । साथै, एक्स्यूभी–३०० मा १.२ लिटर टर्बो–चार्ज्ड पेट्रोल इन्जिन दिइएको छ । जसले १३५.९६ पीएस पावर उत्पादन गर्नेछ ।


Back_to_top