काठमाडौं । रेजेड आर १२५ एफआई स्कुटर यामाहा नेपालको वेवसाइटमा सुचिकृत गरेको छ । कम्पनीले अगामी हप्ता उक्त स्कुटर सार्वजनिक गर्ने अुनमान गरिएको छ ।
अल न्यू रेजेड आर १२५ ले १२५ सीसी सेग्मेन्टमा नेपालमा सर्वाधिक सफल एनटर्क १२५ सँग प्रतिस्पर्धा गर्नेछ । कम्पनीले यसको मूल्य २ लाख ५४ हजार ९०० रुपैयाँ तोकिएको छ ।
अल न्यू रेजेड आर १२५ मा १२५ सीसी, एयर कुल्ड, ४ स्ट्रोक, एफआई इन्जिन रहेको छ । यो इन्जिनले ६५०० आरपीएममा ८.२ पीएस पावर तथा ५००० आरपीएममा ९.७ एनएम टर्क जेनेरेट गर्छ । यो स्कुटर ०-६० को स्पीड मात्र ७.५९ सेकेन्डमा भेट्छ ।

यसमा ट्युवलेस टायर दिइएको छ भने, फ्रन्ट टायरमा १९० एमएमको डिस्क ब्रेक र रियरमा ड्रम ब्रेक उपलब्ध रहेको छ । फ्रन्टमा टेलिस्कोपिक सस्पेन्सन र रियरमा स्वीङ यूनिट रहेको छ ।
यो स्कुटरको तौल ९९ केजी रहेको छ जुन सेग्मेन्टकै सबैभन्दा कम हो । तर, कम्पनीकै यामाहा फसिनो १२५ एफआईसँग भने बराबर हो । रेजेड आर १२५ मा फसिनोमा रहेको धेरै फिचर समान रहेका छन् । साइड स्यान्ड इन्जिन किल सेन्सर, अटोमेटीक इन्जिन स्लिप/अन जस्ता फिचर यसमा ग्राहकले पाउने छन् ।

