नेपालमै पाइन्छ, ५ लाखभन्दा कम मूल्यमा यी कारहरू

काठमाडौं । यो चिसाेकाे समयमा एउटा सानो कार भए पनि जाडोले काम्दै हिड्नुपर्ने थिएन भन्ने सोचाई सबैको मनमा आएको हुन्छ । अझ हाम्रो बाटाहरू धूलो र धूँवाले सधैँ छोपिएको हुन्छ । 

हाम्रो बजारमा पनि बाइककै मूल्य वा सो मूल्यमा केही रकम थप्ने हो भने धेरै सेकेन्डह्यान्ड कारको अप्सन रहेको छ । यहाँ पनि मज्जाले परिवारसहित चढेर हिँड्न मिल्ने कार १ लाखदेखि ५ लाखसम्मका मूल्यमा विभिन्न कम्पनीका अनेक मोडलका कारहरू उपलब्ध रहेका छन् । 

हाम्रो सेकेन्ड ह्यान्ड बजारमा उपलब्ध केही कार धेरै राम्रा पनि हुन्छन् भने केही सामान्य मर्मतपछि चढेर हिँड्न मिल्ने हुन्छन् । काठमाडौंको सेकेन्डह्यान्ड बजारमा उपलब्ध ५ लाख रुपैयाँसम्मका सात कारहरूको बारेमा यहाँ हामीले उल्लेख गरेका छौं ।  

१. मारुती–८००


मारुती–८०० नेपालको सबैभन्दा पुरानो ह्याचब्याकमध्येमा पर्छ । यो कार नेपाली बजारमा करिब दुई दशकदेखि उपलब्ध रहेको छ । मारुती–८०० को सबैभन्दा ठूलो विशेषता यो कार विश्वसनीय छ । साथै, ट्याक्सीको रुपमा सडकमा अहिले पनि दौडिरहेको भेटिन्छ । 

यो कारको मर्मत निक्कै सस्तो पर्छ । मारुती–८०० सबैको कारको रुपमा भारतीय बजारमा स्थापित भयो र आज पनि यो कारको रिसेल भ्यालू अन्य कारको तुलनामा राम्रो रहेको छ । अहिले सन् २००० मोडलका मारुती–८०० नेपाली बजारमा २ लाख ५० हजार रुपैयाँसम्ममा पाइन्छ ।

२. टाटा नानो 


सन् २००८ मा धेरै हल्लाखल्लासहित दिल्ली अटो–शोमा लञ्च गरिएको टाटा नानो हाल नेपाली बजारमा २ देखि ३ लाख रुपैयाँसम्म पाउन सकिन्छ । टाटा मोटर्सका अध्यक्ष रतन टाटाको ड्रिम कार प्रोजेक्टको रुपमा उत्पादन गरिएको जनताको कार टाटा नानोको हाल उत्पादन बन्द हुने अबस्थामा पुगेको छ । 

भारतमा सबभन्दा सस्तो कार १ लाख रुपैयाँमा बिक्री सुरु गरिएको यो कार नेपालमा भने ८ देखि १२ लाख रुपैयाँमा बेचिएको थियो । ६२५ सीसीको दुई सिलिन्डरको इञ्जिन भएका यो कार चलाउन निकै सजिलो र २५ किलोमिटर प्रतिलिटर माइलेज दिन्छ । 

३. हुन्डाई सेन्ट्रो


कोरियाली कार उत्पादक कम्पनी हुन्डाईले भारतमा उत्पादन गरेको पहिलो ह्याचब्याक कार सेन्ट्रो हो । सेन्ट्रो कार अहिले पनि पहिलो सवारी किन्नेहरूले लागि सबैभन्दा उपयोगी कारको रुपमा रहेको छ । यो कार चलाउन निक्कै सजिलो रहेको छ । 

१९९९ देखि २००२ मा बनेका सेन्ट्रो जीपड्राइभ, सेन्ट्रो जीपड्राइभ प्लस मोडलका कार नेपाली बजारमा ४ देखि ५ लाखमा पाइन्छ । सेन्ट्रो कारको उत्पादन फेरि भइरहेको बुझिएको छ । यो कारको नयाँ संकरण २०१८ को अन्त्यसम्म बजारमा आइसक्ने जनाइएको छ । 

४. डाइहात्सु कोर 


जापानी कार निर्माता कम्पनी डाइहात्सुको मिनी ह्याचब्याक कोरको पर्पmर्मेन्स अहिले पनि एकदमै राम्रो रहेको छ । प्रायः रातो रंगमा बाटामा देखिने यो कार एकदमै बलियो कार हो । 

धेरै संख्यामा पाउन नसकिने यो कार अप्सन र गाडीको कन्डिसन हेरेर १ देखि ४ लाखसम्म बजारमा उपलब्ध रहेको छ । यी गाडीहरू १९९७ देखि २००१ सम्मका नेपालमा उपलब्ध छन् । कम मूल्यमा जापानिज कार चढ्न चाहानेहरूलाई यो कार एक उत्तम विकल्प हो । 

५. टाटा इन्डिका


भरतीय सवारी उत्पादक कम्पनी टाटाको पहिलो ह्याचब्याक कार हो, इन्डिका । टाटाले ह्याचब्याक कारमा पनि धेरै स्पेस हुन्छ भन्ने कुरा इन्डिकाको सार्वजनिकसँगै स्थापित ग¥यो । 

उक्त समयमा इन्डिका अन्य कारको तुलनामा सस्ता पनि थियो । भारतमा यो कार ट्याक्सीमा पनि धेरै प्रयोग भएको थियो । फस्ट जेनरेसनको टाटा इन्डिका जुन २००० तथा २००१ मा बनेका थिए । ती कारहरू नेपाली बजारमा कन्डिसन र अप्सन हेरेर २ देखि ५ लाख रुपैयाँसम्ममा किन्न सकिन्छ । 

६. डेउ मर्टिज 

कोरियन कम्पनी डेउले बनाएको सानो कार मर्टिज क्यूट कारको रुपमा चर्चित थियो । पावर स्टेरिङ, पावर विन्डो, एयर कण्डिसन तथा अन्य धेरै सुविधाहरू यो कारमा रहेको छ । 

यो कार नेपाली बजारमा २ देखि ४ लाख रुपैयाँसम्म पाउन सकिन्छ । सन् २०११ मा टाट पल्टिएपछि यो कम्पनी अमेरिकाको जनरल मोटर्सले किनेको हो । यी गाडीहरू सन् १९९९ देखि २००३ सम्मका नेपाली बजारमा उपलब्ध छन् । 

७. सुजुकी जेन


कुनै समय नेपालको सबैभन्दा धेरै बिक्री हुने लग्जरीयस ह्याचब्याक कारको रुपमा रहेको थियो, मारुती सुजुकीको जेन । जेन कार पाँच स्पीड म्यानूअल ट्रान्समिसन गियरसहित ९ सय ९३ सीसीको पावरफूल इञ्जिनमा उपलब्ध छ । यो ४ सिलिन्टर पेट्रोल इञ्जिनमा उपलब्ध छ । यो कार कण्डिसन हेरेर १९९८ देखि २००४ सम्मको मोडलको ५ लाखसम्ममा खरिद गर्न पाइन्छ । 

सेकेन्ड ह्यान्ड बजारमा कार किन्दा सो कम्पनीको अन्य मोडलहरू उत्पादन छ कि छैन र यी गाडीहरू नेपालमा उपलब्धता के छ, ध्यान दिनुपर्दछ । सेकेन्ड ह्यान्ड कारहरूलाई मेन्टिनेन्सको रेगुलर जरुरत हुने भएकोले पाटपूर्जाको उपलब्धता पनि हेर्नु पर्छ । निर्माण वर्षले पनि वार्षिक खर्चलाई प्रभाव पार्छ । पुराना कारको वार्षिक तिर्नुपर्ने सडक दस्तुर १५ वर्ष पुगेपछि प्रत्येक वर्ष ५ प्रतिशतको दरले बढ्दै जाने गर्छ । 

(यी कारसँग सम्बन्धित कुनै जिज्ञासा भएमा ९८५१२१७३५५ , ९८४१५९४०६७ मा कल गर्न सक्नुहुनेछ ।)


Back_to_top