काठमाडौं । भारतीय बजारमा हुन्डाई कारको बिक्रीमा १९.५ प्रतिशतले बृद्धि भएको छ । कम्पनीले जुन महिनामा ६० हजार ७ सय ७९ गाडी बिक्री गरेको छ । गत महिना कम्पनीले ५० हजार ८ सय ५३ सवारीसाधन बिक्री गरेको थियो ।
डोमेस्टिक मार्केटमा बिक्री बढ्यो
कम्पनीको डोमेस्टिक मार्केटमा जुन २०१८ मा ४५ हजार ३ सय ७१ गाडी बेच्दै २१ प्रतिशतको बृद्धि हासलि गर्दा पछिल्लो वर्ष यही महिनामा कम्पनीले कुल ३७ हजार ५ सय ६२ गाडी बिक्री गरेको थियो ।
निर्यात पनि बढ्यो
हुन्डाईले गतवर्ष १३ हजार २ सय ९१ यूनिट कार निर्यात गरेकामा यो वर्ष १५ हजार ४ सय ८ यूनिट गाडी निर्यात गर्दा १५.९ प्रतिशतले बृद्धि भएको छ ।
भारतीय बजार तथा निर्यातको आँकडा हेर्दा कम्पनीको जुन महिनामा कुल ६० हजार ७ सय ७९ गाडी बिक्री भएको
छ, जबकि गतवर्ष ५० हजार ८ सय ५३ वटा गाडी बिक्री गरिएको थियो । यसरी समग्रमा कम्पनीको बिक्रीमा १५.९ प्रतिशत बृद्धि आएको हो ।
हालैमात्र कम्पनीले आफ्नो लोकप्रिय एसयूभी क्रेटा बजारमा ल्याएको छ । जुन कार भारतीय बजारमा ज्यादै मन पराइएको छ । मे महिनाको अन्त्यतिर लञ्च भएको उक्त कार हालसम्म १४ हजार बुकिङ भैसकेको छ ।
मारुतीको बिक्रीमा ३६.३ प्रतिशतको बृद्धि
मारुती सुजुकीले जुन २०१८ मा भारतीय बजार तथा निर्यातमा कुल १ लाख ४४ हजार ९ सय ८१ वटा गाडी बिक्री गर्दै ३६.३ प्रतिशत बृद्धि गर्दा गतवर्षको यही अवधिमा १ लाख ६ हजार ३ सय ९४ वटा गाडी बिक्री गरेको थियो ।