कति छ एलन मस्कसँग टेस्लाको सेयर ? पुनः थपे ७२ हजार कित्ता

काठमाडौं । टेस्ला मोटर्सका प्रमुख कार्यकारी अधिकृत एलन मस्कले टेस्ला कम्पनीको बजारबाट ७२ हजार ५०० कित्ता सेयर खरिद गरेका छन् । यस कुराको पुष्टि रेगुलेटरी अफ फाइलिङले दिएको छ । 

अघिल्लो मंगलवार र बुधवार गरेर मस्कले उक्त परिणामको सेयर खरिद गरेका हुन् । उनले उक्त सेयरमा प्रतिकित्ता ३४२.४४ र ३४७.४४ डलर तिरेर खरिद गरेका हुन् । अब मस्कसँग कम्पनीको ३ करोड ३७ लाख कित्ता सेयर भएको छ । उनीसँग भएको सेयर ११ अर्ब ६ करोड डलर बराबर भएको छ । 

टेस्ला कम्पनीले पछिल्लो दिन नयाँ प्रडक्ट लाइनअपमा काम गरिरहेको र मोडल ३ सेडान कार उत्पादनको तयारीमा रहेको छ । कम्पनीको अनुसार मोडल ३ सेडान आउनु आगडि नै कम्पनीलाई नाफामा लैजान प्रयास भइरहेको छ । कम्पनीले हप्तामा ५ हजार मोडल ३ सेडान उत्पादन गर्ने लक्ष्य बनाएको छ ।

तत्काल सस्तो कार उत्पादनमा कम्पनीले ध्यान नदिएको बताउँदै मस्कले भने ‘अहिल्यै सस्तो मूल्यको मोडल ३ उत्पादनमा कम्पनीले ध्यान दिएको छैन । तर, केही समयपछि ३५ हजार डलरमा आउने गरि उत्पादन गरिने छ ।’    


Back_to_top