रेनोले चर्चित एसयूभी माेडल डस्टरकाे कमव्याक गर्दै

काठमाडौं । फ्रेन्च कार निर्माता रेनोले आफ्नो चर्चित एसयूभी डस्टरको भारतमा फेरि उत्पादन गर्ने भएको छ । फ्रेन्च निर्माताले बजारमा बढ्दो लोकप्रियतालाई मध्येनजर गर्दै डस्टरलाई पुनः बजारमा ल्याउने घोषणा गरेको हो ।

कम्प्याक्ट एसयूभी सेग्मेन्ट आउने डस्टर यसअघि पनि निकै रूचाइएको एसयूभी थियो । सन् २०१३ मा पहिलो जेनेरेशन लन्च भएको डस्टर दोस्रो जेनेरेशन लन्च नै नभई चाँडै तेस्रो जेनेरेशन मोडलमा आउने भएको हो ।

हालै तेस्रो जेनेरेशन डस्टरको रोड टेस्टका क्रममा देखिएको हो । स्पाइ सटमा देखिए अनुसार नयाँ डस्टर रेनोको सवब्राण्ड डासियाको बिगस्टर कन्सेप्ट एसयूभीमा आधारीत भएको देखिन्छ । यसको पूरै अगाडिको फेसिया नदेखिएता पनि नयाँ डस्टरमा पातलो एलईडी हेडलाइटका साथमा बक्सी डिजानमा रहेको छ । यसको बनेट फ्ल्याट डिजाइनको देखिन्छ ।

साइडतर्फ नयाँ डस्टरमा अगाडि डाेरमा पुल टाइपको डोर ह्याण्डल तथा पछाडिको डोर ह्याण्डल भने सीपिल्लरमा इन्टिग्रेटेड रहेको देखिन्छ । यसमा पहिलाको जस्तै ह्वीलआर्क भने स्क्वायस डिजाइनको रहेको छ । रियरमा यो एसयूभीको बुमर्याङ सेपको टेलल्याम्प हाउजिङको साथमा टुइनपोड स्टाइलको स्पोइलर रहेको छ ।

रेनोको नयाँ डस्टर भारतमा रेनो निसानले विकास गरेको सीएमएफ-बी मोडुलर प्लेटफर्मलाई लोकलाइज गरी निर्माण गर्ने अनुमान गरिएको छ । स्ट्याण्डर्ड डस्टरमा ५ सिटे अप्सन भए पनि डस्टरको ७ सिटे भेरिएन्टमा समेत उपलब्ध हुने अनुमान गरिएको छ । रेनाेले यसकाे विकासका लागि भारतमा ४० अर्ब भारतीय रुपैयाँ थप लगानी गर्ने घोषणा गरिसकेकाे छ ।

यसअघि पनि फोर ह्वील ड्राइभ सिस्टम समेत उपलब्ध डस्टर नयाँ जेनेरेशन मोडलमा अल ह्वील ड्राइभ सिस्टमसहित आउने अपेक्षा गरिएको छ । नयाँ डस्टर माइलेजको लागि पनि उत्कृष्ट हुने अनुमान गर्न सकिन्छ । नयाँ डस्टर २०२४ देखि बजारमा आउने छ । रेनोले यसअघि नेपाल ल्याएको डस्टर सबैभन्दा कम मूल्यको फोर ह्वील अप्सन उपलब्ध कार थियो ।

अहिले नेपाली बजारमा यो सेग्मेन्टमा निसान किक्स, हुन्डाई क्रेटा, किया सेल्टोस, स्कोडा कुशक, फक्सवागेन टाइगुन, मारुती सुजुकी ग्राण्ड भिटार, टोयोटा अर्वान क्रुजर हाइराइडर जस्ता मोडल बजारमा उपलब्ध छन् ।


Back_to_top