रेनो राफेल सार्वजनिक, १२ सय सीसीको इन्जिन र दुई इलेक्ट्रीक मोटर

काठमाडौं । फ्रेन्च अटोमोवाइल कम्पनी रेनोले नयाँ कुप्पे डिजाइन एसयूभी देखाएको छ । ‘राफेल’ नाम दिइएको यो एसयूभी क्लचलेस हाइब्रिड पावर ट्रेनमा उपलब्ध हुनेछ ।

फोर ह्वील ड्राइभ अप्सनमा समेत आउने राफेल हाइब्रिड एसयूभीको इलेक्ट्रीक रेन्ज ४८ देखि ६४ किलोमिटरसम्म रहने छ । रेनोले राफेलमा स्ट्राइकिङ नयाँ डिजाइनको ग्रिल, प्रोमिनेन्ट हन्च, लङ फास्ट व्याक रुफ दिएको छ । जसले रियर प्यासेन्जरलाई प्रसस्त हेड रुम दिएको छ ।

एरो डाइनामिक डिजाइनमा तयार भएको एसयूभी सिएमएफ सीडी प्लेटफर्ममा बनेको हो । राफेल एसयूभीको लम्बाई ४७०० एमएम, उचाई १६१० एमएम छ भने २७४० एमएमको ह्वील वेस पाउन सकिन्छ ।

रेनोको राफेल दुई भेरियन्टमा उपलब्ध हुनेछ । यसमा १.२ लिटर क्षमताको थ्री सिलिण्डर पेट्रोल इन्जिन र दुई वटा इलेक्ट्रीक मोटर दिइएको छ । यसको संयुक्त पावर १९४ हर्सपावर छ ।

यसमा रहेको अट्किन्सन साइकल ड्राइभ इन्जिनले फोर स्पीड अटोमेटिक गियरबक्सको माध्यमले फोर ह्वील ड्राइभमा गाडी गुडाउन सक्छ । यसको रियर एक्सेलमा छुट्टै इलेक्ट्रीक मोटर जडान भएकाले फोर ह्वील प्रफर्मेन्स उत्कुष्ट हुने कम्पनीले दावी गरेको छ ।


Back_to_top