हेल्मेट नलगाए स्कुटर नै नगुड्ने ओलाको सफ्टवयर

काठमाडौं । चर्चित इन्डियन अटोमोवाइल कम्पनी ओलाले आफ्नो इलेक्ट्रीक स्कुटरमा नयाँ सुरक्षा फिचर दिने भएको छ । कम्पनीले आफ्ना ग्राहकहरुको सुरक्षालाई मध्यनजर गर्दै कम्पनीले स्कुटरमा डिटेचेवल हेलमेट डिटेक्सन सिस्टम दिन लागेको हो ।

ओलाले अहिले यस फिचरलाई परिक्षणको क्रममा पुर्याएको छ । अब छिट्टै यसलाई बजारमा ल्याउने तयारी भइरहेको कम्पनीको भनाइ छ । यो नयाँ फिचर ओलाको भविष्यमा आउने नयाँ इलेक्ट्रीक मोटरसाइकल, स्कुटरसँगै अहिले बजारमा भएका पुराना मोडलहरुमा पनि उपलब्ध हुनेछ ।

हेलमेट डिटेक्सन फिचरले राइडरले हेलमेट नलगाई स्कुटरमा बसेको अवस्थामा हेलमेट अलर्ट डिस्प्लेमा देखाएसँगै सुचनाको घन्टी बज्ने छ । साथै, सुचना दिएपछि पनि हेल्मेट नलगाएको खण्डमा स्कुटरको राइड मोड अफ हुन्छ र पार्किङ मोडमा जान्छ । जबसम्म चालकले हेलमेट लगाउँदैन तबसम्म स्कुटर राइड मोडमा जाँदैन ।

ओलाको हेलमेट डिटेक्सन सिस्टमले हेलमेट डिटेक्ड क्यामाराको माध्यमबाट गर्ने छ । राइडरले हेलमेट लगाएको वा नलगाएको अवस्थामा यो सिस्टमले साधन नियन्त्रण गर्नका लागि वाहन नियन्त्रण युनिट (वीसीयू) लाई सुचना पठाएर मोटर नियन्त्रण युनिटले साधनको नियन्त्रण गर्ने काम गर्छ ।

हेलमेट वार्निङ फिचर टीभीएसका स्कुटरमा पनि उपलब्ध छ यसले भने डिस्प्लेमा वार्निङ साइन मात्रै दिनेकाम गर्छ साधन रोक्ने काम गर्दैन ।

यो टेक्नीकल सुविधा ओला ग्राहकहरुका लागि मात्रै उपलब्ध हुने छ । ग्राहकहरुको सुरक्षाको लागि यो टेक्नीकल फिचरमा अन्य कम्पनीहरुले पनि काम गरिरहेको रिपोर्टहरु बेलाबेला सार्वजनिक हुँदै आएका छन् ।


Back_to_top