काठमाडौं । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आफ्ना विद्युतीय कार किन्ने ग्राहकलाई ९.९९ प्रतिशत ब्याजदरमा एक वर्षसम्म कर्जा उपलब्ध गराउने स्कीम संचालन गरेको छ । अहिले बजारमा अटो लोन १३ प्रतिशत हारहारी ब्याजदरमा लिनु पर्ने अबस्था रहेकोमा कम्पनीले एक वर्षको लागि ९.९९ प्रतिशत अफर गरेको हो ।
यसरी अफर गर्दा एक वर्षसम्म लाग्ने ब्याजको ९.९९ र १३ प्रतिशतको बीचमा आउने ३.१ प्रतिशत रकम लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले बैंकलाई तिर्ने हुँदा ग्राहकले त्यो वापत अधिकतम १ लाख रुपैयाँ बचत हुने स्कीममा पाउने छन् । याे कर्जा सुविधा प्रभु बैंकले उपलब्ध गराउने छ ।
हामीले यो स्कीममा लाग्ने ब्याजदरलाई कोनाको टप भेरियन्ट जीएलएसको मूल्य ६४ लाख ९६ हजार रुपैयाँलाई आधार मानेर निकालेका हौं । विद्युतीय गाडीमा न्यूनतम २० प्रतिशत डाउन पेमेन्ट गर्नु पर्ने भएको कारण मूल्यको ८० प्रतिशत रकम फाइनान्स सुविधा लिन सकिन्छ ।
यसरी लिएको कर्जा ७ वर्षसम्ममा तिर्नु पर्ने र कम्पनीले एक वर्षको लागि मात्रै ९.९९ प्रतिशत ब्याजको सुनिश्चितता गरेको कारण एक वर्षमा एक लाख रुपैयाँ बचत हुने देखिएको हो ।

यदि तपाईले १३ प्रतिशत ब्याजदरमा कोना किन्नु हुन्छ भने मासिक ९४ हजार ५४० रुपैयाँ किस्ता तिर्नु पर्थ्यो । तर, ९.९९ प्रतिशत ब्याजमा कर्जा लिँदा मासिक ८६ हजार २४६ रुपैयाँ तिर्दा पुग्छ । यसको मतलव यी दुईको बीचमा मासिक ८ हजार २९४ रुपैयाँ फरक आउँछ ।
बजारमा ब्याजदर घट्दो क्रममा रहेको कारण धेरैले एक वर्षपछि गाडी किन्ने योजना बनाएका छन् भने त्यो अहिल्यै किन्न सहज हुने स्कीम लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले दिएको जनाएको छ ।
अहिले कम्पनीले अफर गरेको ब्याजदरमा मासिक किस्ता हेर्न यहाँ क्लिक गर्नुहोस् ।

