काठमाडौं । लुम्बिनी प्रदेशमा पहिलो राइड सेयरिङ सेवा प्रदायक ‘ई-ड्राइभ नेपाल’ले नेपालगंजमा आफ्नो सेवा सुरू गरेको छ ।
ट्याक्सी र मोटरसाइकल मार्फत अनलाइन राइड सेयरिङ सेवा प्रदान गर्दै आएको कम्पनीले नेपालगंजमा शनिबारदेखि औपचारिक रुपमा सेवा सुरू गरेको हो ।
नेपालगञ्ज उपमहानगरपालिकाका नगरप्रमुख प्रशान्त बिष्टले सेवाको शुभारम्भ गरेका हुन् । यससँगै ई-ड्राइभको सेवा लुम्बिनीका रुपन्देही, बाँके र बर्दियामा विस्तार भएको छ ।
कम्पनीले यसअघि रुपन्देहीको बुटवल र भैरहवा क्षेत्रमा राइड सेयरिङ सेवा दिँदै आएको थियो । कम्पनीले हाल ११० ट्याक्सी र ५०० भन्दा बढी मोटरसाइकल चालकमार्फत सेवा प्रदलान गर्दै छ ।
कम्पनीले नेपालगंजमा प्रारम्भिक चरणमा १५ विद्युतीय ट्याक्सीमार्फत सेवा सुरू गरेको ई-ड्राइभ लुम्बिनीका निर्देशक भण्डारीले जानकारी दिए ।
अध्ययनरत र अध्ययन सकेर बसेका युवा जनशक्तिलाई स्वदेशमै स्वरोजगार बनाउने र रोजगारी सिर्जना गर्ने लक्ष्यसहित यो सेवा सुरू गरिएको उनको भनाइ छ ।
हाल ई-ड्राइभ लुम्बिनीले सेवामा ७ करोडभन्दा बढी लगानी गरेको छ । आगामी दिनमा अन्य सहरहरूमा पनि सेवा विस्तार गर्ने कम्पनीको लक्ष्य छ ।

