इटहरीमा खुल्यो भोल्भो आइचरको अत्याधुनिक थ्रीएस शोरुम

काठमाडौं । पूर्वी नेपालको इटहरीमा भोल्भो आइचरको अत्याधुनिक थ्रीएस (सेल्स, सर्भिस र स्पेयर्स) सुविधा संचालनमा आएको छ ।

नेपालका लागि भोल्भो आइचर आधिकारिक वितरक बतास-एमएडब्लू कमर्सियल भेहिकल प्रालिले सुनसरीको रामधुनी नगरपालिका-तित्रिवनमा नयाँ थ्री एस शोरुम संचालनमा ल्याएको हो ।

यससँगै पूवी क्षेत्रका गहकले उक्त थ्रीएस शोरुमबाट सवारी बिक्री, आधुनिक सर्भिस पूर्वाधार र जेन्युइन स्पेयर पार्टस एकै छाना मसनि पाउने छन् ।

नयाँ थ्रीएस सेन्टरमा दक्ष प्राविधिक, अत्याधुनिक डायग्नोस्टिक उपकरण र पूर्ण रूपमा सुसज्जित स्पेयर पाट्र्स केन्द्र रहेको छ । जसले सवारी साधनको मर्मत समय घटाउँदै अधिकतम अपटाइम सुनिश्चित गर्ने लक्ष्य राखेको छ।

एमएडब्लू इन्टरप्राइजेज प्रालिका भाइस प्रेसिडेन्ट हेमन्त पुराणिकले इटहरीमा नयाँ थ्रीएस शोरुम संचालनमा ल्याउनु कम्पनीको दीर्घकालीन प्रतिबद्धताको महत्वपूर्ण उपलब्धि भएको बताए ।

‘यो सुविधा मार्फत हामी विश्वस्तरीय उत्पादन, व्यावसायिक आफ्टर-सेल्स सर्भिस तथा उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्न प्रतिबद्ध छौं,’ उनले भने ।

एमएडब्लू ग्रुप तथा बतास-एमएडब्लू कमर्सियल भेहिकल्सका अध्यक्ष विष्णुकुमार अग्रवालले ग्रुपको संस्थागत विकास र अनुशासित विस्तार रणनीतिबारे प्रकाश पारे ।

‘यो डिलरशिप केबल नयाँ स्थान मात्र होइन, यो यस क्षेत्रको भविष्यको मोबिलिटीप्रतिको हाम्रो दृष्टिकोण हो। हामीले उन्नत प्रणाली, दक्ष जनशक्ति र ग्राहक-केन्द्रित प्रक्रियामा लगानी गरेका छौं,’ उनले भने ।


Back_to_top