इलेक्ट्रीक ‘अफ रोड एसयूभी’ जसले दिन्छ ८३५ घोडा बराबरको पावर

काठमाडौं । विश्वभर इलेक्ट्रीक कार सहर केन्द्रित मात्रै हो भन्ने मान्यता विस्तारै गलत प्रमाणित हुँदै गएको छ । नेपालमा नै इलेक्ट्रीक पीकअपसम्म आयात र विक्री वितरण हुँदै आएका छन् ।

रेभियन कम्पनीको ‘आरवानएस’ मोडलको अहिले विभिन्न मिडियाहरुले टेष्ट ड्राइभ रिपोर्टहरु सार्वजनिक गरिरहेका छन् । मिडिया रिपोर्टका अनुसार यसको अफरोड क्षमता बेजोड छ । जसले रेन्जरोभर, मर्सिडिज जि क्लास र लेम्बर्गिनी उरुस जस्ता मोडलको पर्फमेन्सलाई माथ दिन सक्छ ।

यसको पावर निकै धेरै छ । यसमा रहेको इलेक्ट्रीक मोटरले ८३५ घोडा बराबरको पावर प्रदान गर्छ । जसलाई अधिकतम मोटर क्षमतामा हेर्दा ६२२ किलोवाट हुन्छ । यसमा फोर एसी पर्मानेन्ट म्याग्नेट मोटर दिइएको छ । यसको टर्क १२३१ एनएम रहेको छ ।

अल ह्वील ड्राइभ सिस्टम उपलब्ध यो अफ रोड एसयूभीले एक पटकको फुल चार्जमा ५ किलोमिटरभन्दा माथि रेन्ज प्रदान गर्छ । त्यसको लागि कम्पनीले यसमा १३५ किलोवाट आवर क्षमताको लिथियम आयोन ब्याट्री प्याक दिएको छ ।

सून्यदेखि ६० किलोमिटरको स्पीड केबल ३ सेकेन्डमा भेट्टाउन सक्ने ‘रेभियन आरवानएस’लाई १० देखि ८० प्रतिशतसम्म चार्ज गर्न २२० किलोवाटको चार्जरलाई ४० मिनेट लाग्ने छ ।


Back_to_top