काठमाडौं । सडक दुर्घटना निकै द्रुत गतिमा बढि रहेको छ । गत आब २०७४–७५मा ६ हजार ३८१ दुर्घटनाका घटना भए उक्त दुर्घटनामा परि १९४ जनाले ज्यान गुमाएका छन् भने, २१९ जना गम्भीर घाइते भएका छन् ।
२०७३–७४ को तुलनमा गतवर्ष करिब ८५१ वटा बढी दुर्घटना भएको थियो । २०७३–७४मा ५ हजार ५३० दुर्घटनामा १८२ जनाले ज्यान गुमाएका थिए भने २०१ जना गम्भीर घाइते भएका थिए ।
महिनाको हिसाबले आर्थिक वर्ष २०७४–७५ मा सबैभन्दा बढी दुर्घटना असारमा भएको थियो । असारमा ६३० दुर्घटना भएको थियो उक्त घटनामा परि २६ जनाले ज्यान गुमाएका थिए भने, १८ जना गम्भीर घाइते भएका थिए ।
सबैभन्दा धेरै मानिसले पुस महिनामा दुर्घटनाबाट आफ्नो ज्यान गुमाएका थिए । उक्त महिना भएको ५८५ घटनामा २९ जनाले ज्यान गुमाएका थिए भने २० जना गम्भीररुपमा घाइते भएका थिए ।
सबैभन्दा कम मानिसले ज्यान गुमाएको महिना भने बैशाख भएको छ । उक्त महिना ६ जनाले मात्रै दुर्घटनमापरि ज्यान गुमाएका थिए ।
चार्टमा हेर्नुस् कुन महिना कति दुर्घटना

