टाटा मोटर्सले भारतीय सेनाकालागि १५०० सफारी स्ट्रोम डेलिभरी गरेको छ । अटो बजारमा यस गाडीलाई जीएस–८०० नाम दिएको छ ।
विशेषगरेर यो गाडीले ८ हजार किलोग्राम सहजै बोक्न सक्ने र ८०० एनएम टर्क जेनेरेट गर्ने हुँदा अटो बजारमा यसको नाम जीएस ८०० राखिएको बतार्इन्छ ।
फोर ह्वील ड्राइभसहितको एसयूभी स्टोर्मलाई कम्पनीले भारतीय सेनाको आवश्यकता तथा मागलाई ध्यानमा राखेर निर्माण गरेको जनाएको छ । यसको अलवा अत्याधुनिक विशेषता र सुविधा सफारी स्ट्रोममा पाउन सकिन्छ ।
एसयूभी डेलिभरी पश्चात् अहिले भारतीय सेनाले परिक्षण गरिरहेको छ । यस्तो परिक्षण भविष्यमा कुनै प्रकारको समस्या देखान परोस् भनेर गरिएको सेनाले उल्लेख गरेको भारतीय मिडियाले जनाएको छ । यो एसयूभी सामान्य सडक बाहेक अफरोडमा समेत उत्कृष्ट पर्फमेन्ससहित चलाउन सकिने छ । सफारी बरफ, पहाड तथा मरुभुमिमा सहजै चल्ने कम्पनीको दाबी छ । यसलाई भारतीय बजारमा जिप्सीको नामले सम्बोधन गर्नेहरु पनि रहेका छन् ।
टाटा मोटर्सले सफारीमा लगाएको इन्जिनले २६५ बीएचपी पावरका साथै ८०० एनएम टर्क उत्पादन गर्छ । कम्पनीले यसयूभीमा अत्याधुनिक विशेषता समेटिएको जानकारी दिएको छ ।

