काठमाडौं । नाडा अटो शो २०१८ सुरु हुन केही दिनमात्र बाँकी रहेको छ । भदौ २६ गतेबाट सुरुहुने अटो शोमा आफ्नो आफ्नो प्रडक्ट देखाउन कम्पनीहरुले तयारी सुरु गरेका छन् । यस्तोमा क्रसओभर कार किन्ने चाहना बनाएर बसेका ग्राहकलाई आफ्नो कार छनोटमा सहज होस् भनेर हामीले नेपाली बजारमा उपलब्ध क्रसओभर कारको बिषयमा यो लेख तयार गरेका हौं ।
अहिले बजारमा हुन्डाई, फोर्ड, महिन्द्रा र टोयोटाका क्रसओभर कार बिक्री वितरण भइरहेको छ ।
हुन्डाई इलाईट आई–२०
हुन्डाई इलाईट आई–२० फ्लुडिक स्कल्पचर २.० डिजाइनमा बनेको क्रसओभर कार हो । यसको एक्टेरिएर बोल्ड तथा स्पोर्टी रहेको छ, जसले यसलाई ट्रेण्डी ह्याचव्याक क्रसओभर बनाएको छ ।
यसको प्रमुख आकर्षण नै बोल्ड क्यास्केड डिजाईन फ्रन्ट ग्रील हो । यसमा रहेको १.२ लिटरको चार सिलिन्डर काप्पा पेट्रोल इञ्जिनले ८२ बीएचपी पावर र ११५ एनएम टर्क उत्पादन गर्छ । यो कारले १८.६ किलोमिटर प्रतिलिटर माइलेज दिने कम्पनीको जनाएको छ ।

सेफ्टीका लागि यसमा एबीएस, ड्यूल एयरब्याग, अटो हेडलाईट कन्ट्रोल, सेन्सरसहितको रिभर्स पार्किङ्ग क्यामरा, स्पीड सेन्सिङ अटोडोर लक आदि रहेको छ ।
अन्य फिचरहरूमा किलेस इन्ट्री, पुस स्टार्टस्टप बटम, एड्जस्टेवल ड्राईभर सिट, कुल्ड ग्लोब बक्स, रियर एयरभेन्ट, लगेज ल्याम्प आदि रहेको छ । यसमा रहेको सात इञ्चको इन्फोटेन्मेन्ट सिस्टममा एप्पल कार–प्ले, एन्ड्रोइड अटोकासाथै मिरर लिड्ढसेटअपको सुविधा रहेको छ । नेपाली बजारमा इलाइट आई–२० भिन्न तीन भेरिएन्टमा उपलब्ध रहेको छ । यसको सुरुवाति मूल्य ३० लाख ९६ हजार रहेको छ भने टप भेरिएन्टको मूल्य ३५ लाख ९६ हजार रहेको छ ।
फोर्ड फ्रि–स्टाइल
हालैमात्र फोर्डले बजारमा ल्याएको कान्छो क्रसओभर हो, फ्रि–स्टाइल । धेरै आधुनिक सुविधासहित नेपाली बजारमा आएको यो कारको ग्राउण्ड क्लिरियन्स १९० एमएम रहेको छ । पेट्रोल भेरिएन्टमा, ड्र्यागन परिवारको नयाँ १.२ लिटर तीन सिलिन्डर इञ्जिनमा उपलब्ध रहेको छ, जसले ९६ पीएसको पावर र १२० एनएम टर्क प्रदान गर्नेछ । यो कारले १९ किलोमिटर प्रतिलिटर माइलेज दिने कम्पनीले दाबी गरेको छ ।

डिजेल भेरिएन्टमा भने एस्पायर र ईकोस्पोर्टमा दिइएको १.५ लिटर इञ्जिन उपलब्ध हुनेछ, जसले १०० पीएस पावर र २१५ एनएम टर्क उत्पन्न गर्नेछ । यस २४.४ किलोमिटर प्रतिलिटर माइलेज दिने कम्पनीले जनाएको छ ।
सेफ्टीको लागि ६ एयरब्याग, एन्टीलक ब्रेकिङ सिस्टम, इलेक्ट्रोनिक ब्रेक फोर्स डिष्ट्रीब्यूसन, ट्रेक्सन नियन्त्रण प्रणाली, रियर–भ्यू क्यामेरा र इमरजेन्सी असिस्टेन्सजस्ता सुविधा पाइनेछ ।
यसबाहेक कारमा ६.५ इञ्च टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, पुसबटन स्टार्ट, कि–लेस ईन्ट्री, अटो हेडल्याम्पस् , रेन–सेन्सिङ वाईपर, १५–इञ्च अलो–हुइल दिइएको छ । बिवभिन्न आठ भेरिएन्टमा बजारमा उपलब्ध फ्रि–स्टाइलको मूल्य २७ लाख ९९ हजारदेखि ३६ लाख ९९ हजारसम्म रहेको छ ।
टोयोटा इटियोस्–क्रस
जापानी मोटर कम्पनी टोयोटाको क्रसह्याचब्याग इटियोस क्रसमा १.२ लिटरको चार सिलिण्डरको इञ्जिनको प्रयोग भएको छ । जसले ७९ बीएच पीपावर तथा १०४ एनएम टर्क उत्पादन गर्छ । जसको माइलेज १८.१ किलोमिटर प्रतिलिटर रहेको छ । यसको बाहिरी डिजाइन एसयूभीजस्तै देखिने गरी बनाइएको छ । यसको बडीको वरिपरि प्लाष्टिक क्याडलिङ्गको प्रयोग भएको छ । साथै, स्किड प्लेट र रुफरेलले एसयूभीको अपिल दिएको छ ।

यसमा आधुनिक सुरक्षा सुविधाहरूमा फ्रन्ट एअरव्याग, एबीएस तथा इलेक्ट्रोनिक ब्रेक–फोर्स डिस्ट्रीब्यूसन सिस्टमसहितको ब्रेकिङ सिस्टम रहेको छ । यसको अन्य फिचरहरूमा किलेस इन्ट्री, सेन्सरसहितको रियर पार्किङ क्यामरा, रियर वाइपर आदि रहेको छ । नेपाली बजारमा उपलब्ध इटियोस क्रस–भीको मूल्य ४२ लाख रहेको छ भने भीडीको मूल्य ४४ लाख ५० हजार रहेको छ ।
महिन्द्रा केयूभी–१००
महिन्द्राको पहिलो क्रसरओभर कार ‘केयूभी–१००’ दुई वर्ष अगाडिदेखि नेपाली बजारमा बिक्री भइरहेको छ । नेपालमा महिन्द्राको आधिकारीक वितरक अग्नी इन्कर्पोरेट रहेको छ । ११९८ सीसीको इञ्जिन रहेको केयूभी–१०० डिजेल र पेट्रोल दुबै अप्सनमा उपलब्ध रहेको छ । साथै, कारमा पाँच स्पीड म्यानूअल गियर रहेको छ ।
यसको पेट्रोल इञ्जिनले प्रतिलिटर १८ किलोमिटर र डिजेल इञ्जिनले २५ किलोमिटर माइलेज दिने कम्पनीको दाबी छ । यसको ग्राउन्ड क्लियरेन्स १७० मिलिमिटर रहेको छ ।

आकर्षक डिजाइनमा रहेको यो केयूभी हेर्दा एसयूभीजस्तै देखिन्छ । यसमा स्पोर्टी स्टेरिङ ह्वील, स्टाइलिस फ्लोटिङ ड्यास बोर्ड, डिस्प्लेसहितको इन्फोटेनमेन्ट सिष्टम रहेको छ । ६ स्पीकर इन्फोटेनमेन्ट सिस्टम, ब्लू–टुथ, ह्यान्डस फ्रि–मोड, यूएसबी, स्टेरिङ, फोन कन्ट्रोल, डिजिटल इञ्जिन, इमोबीलाइजरलगायतका फिचर छन् । सुरक्षाका लागि एबीएस, ड्यूल एयरब्याग र ड्यूल रियर–फग लाइटजस्ता फिचर रहेका छन् ।
यसमा डे–टाइम रनिङ ल्याम्प, टर्न इन्डिकेट्र्स, मस्कुलर एण्ड सार्प बडी, स्टाइलिस रुफ–रेल, एलईडी फग ल्याम्पलगायतका सुविधा रहेका छन् ।
पेट्रोल इञ्जिनको सुरुवाति मूल्य २६ लाख ९५ हजारदेखि ३१ लाख ९५ हजार रहेको छ । यस्तै, डिजेल इञ्जिनमा ३१ लाख ४५ हजारबाट सुरु भई फूलअप्सनको ३६ लाख ४५ हजार मूल्य तोकिएको छ ।


