नेपाल आयो होन्डाको नयाँ बाइक एक्स ब्लेड, यस्तो छ मूल्य र फिचर

काठमाडौं । होन्डाकोलागि नेपालको आधिकारीक वितरक स्याकार ट्रडिङले नाडा अटो शो र चाडपर्वको मुखमै नयाँ मोटरसाइकल एक्स–ब्लेड नेपाली बजारमा ल्याएको छ । 

होन्डाको नयाँ एक्स–ब्लेडमा १६२.७ सीसीको सिंगल सिलिन्डर, एयर कुल्ड इन्जिन दिइएको छ । उक्त इन्जिनले १३.९३ बीएचपी पावर र १३.९ एनएम टर्क प्रदान गर्छ ।

नयाँ बाइकले यामाहा एफजेड, टीभीएस अपाचे आरटीआर १६० र बजाज पल्सर एनएस १६० जस्ता बाइकसँग प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ।

मोटरसाइकलमा फुल एलईडी हेडलाइट, एलईडी टेल लाइट र डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टरजस्ता फिचर रहेका छन् । स्ट्रिट–टेक डिजिटल मिटरमा इनोभेटिभ स्टाइलको डिस्प्ले दिइएको यो वाइकको डिस्प्लेमा सर्भिसिङको समय र गियर पोजिसनसमेत देखाउने छ ।

यो पनि पढ्नुस्ः हिरोले अटो शोमा एक्सट्रीम-२०० आर ल्याउने, यस्तो छ मूल्य र अन्य मोडल

एलईडी हेडल्याम्प र फ्ल्यासिङ इन्डिकेटर लाइटले बाइकलाई थप आकर्षक बनाएको छ । कपनीले बाइकको मूल्य २ लाख ८५ हजार ९ सय रुपैयाँ तोकेको छ । 


Back_to_top