काठमाडौं । भक्तपुरको बाटो निकै खतरनाक साबित हुँदै गइरहेको छ । आज बिहान राधेराधेमा भएको दुर्घटनामा बा ३ ख २७२२ नम्बरको बसले अगाडि गुडिरहेको टिभिएस अपाचे बाइकलाई ठक्कर दिदा निकै डरलाग्दो दुर्घटना भएको हो ।
मोटरसाइकल चालकलाई गम्भिर अबस्थामा प्रहरीले अस्पताल लगेको स्थानिय प्रत्यक्षदर्शीले जनाएका छन् ।
‘बसले १०० मिटर अगाडिसम्म धकेलेर ल्यायो, बिचरमा मोटरसाईकल चालकलाई निकै गम्भिर अबस्थामा अस्पताल लगिएको छ ।’ एक प्रत्यक्षदर्शीले भने ।
पछिल्ला दिनमा भक्तपुरकाे बाटोमा निकै दुर्घटना भइरहेका छन् । फराकिलो बाटोमा अत्याधिक स्पिडका कारण दुर्घटना बढेको ट्राफिक प्रहरीहरुको भनाई रहेको छ ।