काठमाडौं । त्रिशूली नदीको बाढीले कटान गरेपछि मुग्लिन-नारायणगढ सडकखण्ड अन्तर्गत चितवनको सिमलतालमा सडक भासिएको छ ।
लगातारको वर्षापछि त्रिशूली नदीमा आएको बाढीले सिमलताल सडकको तलतिरको भित्तो कटान गरेपछि भासिएको हो ।
सडक डिभिजन भरतपुरका अनुसार त्रिशूली नदीले सडकको तल्लो भाग कटान गर्दा सडक लगभग आधा भाग भासिएको छ ।
सडकको आधा भाग भासिएका कारण राजमार्ग एकतर्फी संचालनमा रहेको सडक डिभिजनले जनाएको छ ।
यसअघि त्रिशूलीको बाढीले पृथ्वी राजमार्गको कृष्णभीर, परेवाभीर लगायतमा पनि सडक कटान गरेको थियो । उक्त स्थानमा नयाँ ट्रयाक निर्माण गरी सडक संचालनमा ल्याइएको छ ।

