ईभीमा बढ्यो ‘सडक निर्माण कर’

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै ईभीमा लाग्दै आएको सडक निर्माण दस्तुर वृद्धि गरेको छ । यसअघि सबै किसिमका बिद्युतीय कारमा ५ प्रतिशत मात्रै सडक निर्माण कर लगाएकोमा यस पटक १० प्रतिशत बनाइएको हो ।

यसअघि पेट्रोलियम पदार्थबाट चल्ने कारहरुमा मूल्यको १० प्रतिशत सडक निर्माण दस्तुर लाग्दै आएको थियो । उक्त दस्तुरमा विद्युतीय कारलाई ५० प्रतिशत छुट दिने ब्यवस्था गरिएको थियो ।

नयाँ बजेटले ईभीको पनि सडक निर्माण कर मूल्यको १० प्रतिशत बनाएको कारण मूल्यमा फरक पर्ने देखिएको हो ।


Back_to_top