बाढीपहिरोको कारण ३७ जिल्लाका सडक बन्द

काठमाडौं । ३ दिनदेखिको अविरल वर्षाका कारण देशभर सवारी आवगमन प्रभावित भएको छ । वर्षाका कारण बाढीपहिरो आउँदा ३७ जिल्लामा सडक बन्द भएको हो ।

नेपाल प्रहरीका अनुसार आइतबार बिहान ७ः२० बजेसम्म देशका सातै प्रदेशका विभिन्न ३७ जिल्लाका सडक बन्द भएको हो ।

प्रहरीका अनुसार मुख्य राजमार्गहरू पृथ्वी राजमार्ग, कान्ति लोकपथ, बीपी राजमार्ग, अरनिको राजमार्ग, मदनभण्डारी राजमार्ग, कालिगण्डकी करिडोर, कोशी करिडोर, मध्य पहाडी राजमार्ग, मेची राजमार्ग, मेची करिडोर, नारायणगढ मुग्लिन सडक, काठमाडौं कुलेखानी हेटौंडा सडक बन्द भएको छ ।

त्यस्तै, पोखरा बागलुङ सडक, बेनी जोमसोम कोरला सडक, घोराही तेलसीपुर सडक, सिद्धार्थ राजमार्ग, गोरुसिंगे सनिधखर्क सडक, कर्णाली राजमार्ग, कर्णाली करिडोर, राप्ती राजमार्ग, केआईसिंह राजमार्ग लगायत मुख्य सडक बन्द भएको छ ।

यी सडकको विभिन्न ठाउँमा पहिरो खसेको छ भने केही सडक ससम्भावित जोखिमलाई मध्येनजर गर्दै यातायात संचालनमा रोक लगाइएको हो ।

कुन कुन जिल्लामा सकड बन्द छन् भन्ने विस्तृतमा हेर्न यहाँ क्लिक गर्नुहोस्


Back_to_top