रोयल एनफिल्डको सबैभन्दा महंगो बाइक भोलिदेखि बिक्रि शुरु, यस्तो छ मूल्य

रोयल एनफिल्डको सबैभन्दा महंगो बाइक  लिमिटेड एडिशन क्लासिक ५०० पेगासस २५ जुलाइदेखी बिक्रि शुरु गर्ने भएको छ । 

 यसको मूल्य भारतीय बजारमा २ लाख ४० हजार भारतीय रुपैयाँ रहेकोछ ।

रोयल एनफिल्डले केही समय अगाडि आफ्नो लिमिटेड एडिशन क्लासिक ५०० पेगासस लन्च गरेको थियो । 

कम्पनीले २५० युनिटमात्र उत्पादन गरेको यो बाइक अनलाइन मार्फत मात्र बेच्ने घोषणा गरेको थियो । 

अनलाइन बुकिङको आधारमा पहिलो २५० जनाले बाइक खरिद गर्न पाउने कम्पनीले जनाएको थियो ।  

जम्मा १ हजार युनिट मात्र उत्पादन हुने पेगासस कम्पनीले भारतीय बजारमा २५० युनिट बिक्रि गर्ने भएको छ । कम्पनीले क्लासिक पेगासस ससांर भरिनै अनलाइन मार्फत बिक्री गर्ने भएको छ । 

कम्पनी यो बाइकमा टेक्निकल परिर्वतन गरेको छैन भने, बाहिरि आवरणमा बिषेश परिवर्तन गरेको छ ।  कम्पनीले दोस्रो बिश्वयुद्धमा प्रयोग भएको फ्लाइग फ्ली बाइकबाट प्रेरित भएर यो लिमिटेड एडिशन पेगासस बनाएको बताइएको छ । 

रोयल एनफिल्ड क्लासिक पेगासस ५०० मा ४९९ सीसी क्षमताको एयर कुल्ड सिगंल सिलिन्ड इन्जिन रहेको छ । ५ हजार २ सय ५० आरपीएममा २७.२ पावर तथा ४ हजार आरपीएममा ४१.३ एनएम पीक टर्क जेनेरेट गर्ने यो बाइकको तौल १९४ केजी रहेको छ ।


Back_to_top