७० बर्षपछि नयाँ बाइक बनाउदै कम्पनी, रेसिङ कारको इन्जिन प्रयोग गरिने

 बेलायती बाइक कम्पनी लिबाइसको अन्तिम बाइक १९३८ मा बनाए यता कुनै बाइक बनाएको थिएन । तेसपछि यो कम्पनी बन्द भएको जनाइएको थियो ।


अब ७० बर्षपछि लिबाइसल लेबिस भि६ क्याफे रेसर बाइक बनाएको छ । यो बाइकको इन्जिन भने रेसिङको प्रयोग बनाइएको जनाएको छ । यो बाइक दुइ इन्जिनियरले तयार पारेका हुन् ।


लिबाइस बेलायती मोटर कम्पनी मध्येको एक पुरानो कम्पनी मानिन्छ । यो कम्पनी १९११ देखि १९४६ सम्म सक्रिय रहेको थियो ।

दोस्रो विश्व युद्धपछि कम्पनीको व्यापारमा गिरावट आएको थियो । त्यसपछि अटोमोटिभ डिजाइनर फिल बेबनले यो कम्पनी खरिद गरेका थिए र अर्का डिजाइनर किर्कसँग मिलेर नयाँ बाइक बनाएका हुन् ।
क्याफे रेसर भि६ मा १२०० सीसीको इन्जिन रहेकोछ ।

यो बाइकले १२० बीएचपी पावर तथा १२० एनएम टर्क जेनरेट गर्छ । हाल यो बाइकको काम जारी रहेको जनाइएको छ ।


कम्पनीका अनुसार यो बाइकको फाइनल भर्सन एकदमै फिनिसिङ तथा आकर्षक अवतारमा आउने छ ।

यसका साथै कम्पनीले अरु थुप्रै बाइक बनाइरहेको बताएको छ । जसमा २००० सीसीको क्रुज बाइक पनि रहेको छ । कम्पनीले २०२० सम्ममा यी बाइकहरु सार्वजनिक गर्ने लक्ष्य राखेकोछ ।


Back_to_top