परीक्षणको क्रममा देखियो रोयल इनफिल्ड इलेक्ट्रीक मोटरसाइकल, ११ दिनपछि सार्वजनिक हुँदै

काठमाडौं । रोयल इनफिल्डको पहिलो इलेक्ट्रीक मोटरसाइकल परिक्षणको क्रममा देखिएको छ । नोभेम्बर ४ मा सार्वजनिक हुने तयारीमा रहेको मोटरसाइकल परिक्षणको क्रममा देखिएको हो ।

रोयल इनफिल्डले इटालिको मिलानमा हुने इआइसीएमए (इक्मा) अटो शो २०२४ मा यो मोटरसाइकल सार्वजनिक गर्ने एक टिजर सार्वजनिक गर्दै घोषणा गरेको थियो ।

रोयल इनफिल्डले आफ्नो इलेक्ट्रीक सेग्मेन्टका लागि डेडिकेटेड वेबसाइटका साथै नयाँ इन्स्टाग्राम पेजसमेत तयार गरेको छ ।

पहिलो पटक सन् २०२२ मा कम्पनीले आफ्नो पहिलो इलेक्ट्रीक मोटरसाइकलको प्रोटोटाइप सार्वजनिक गरेको कम्पनीले नयाँ इलेक्ट्रीक प्लेटफर्ममा नै मोटरसाइकल ल्याउन लागेको हो ।

सार्वजनिक तस्वीर अनुसार रेट्रो डिजाइन मोटरसाइकलको फ्रन्टमा राउण्ड सेप एलइडी हेडल्याम्प, राउण्ड सेप रियर भ्यू मिरर देख्न सकिन्छ । यसका इन्स्ट्रुमेन्ट क्लस्टर पनि राउण्ड सेपमै देख्न सकिन्छ । फ्रन्टमा फर्क गेर्टस, सिंगल सिट, डिस्क ब्रेक, एलइडी इन्डिकेटर, अलोय ह्वील जस्ता फिचर देख्न सकिन्छ ।

 


Back_to_top