काठमाडौं । चिनियाँ अटोमोवाइल उद्योगमा निकै आक्रमक देखिएको जिली ग्रुप अन्तर्गतको जिकर ब्राण्डमा ‘मिक्स’ नामबाट लग्जरी एमपीभी सार्वजनिक भएको छ । तीनवटा स्लाइडिङ डोरसहित आएको जिकर मिक्समा प्रयोग भएको धेरै नयाँ फिचरले चर्चा बढाएको हो ।
जिकरले यसमा मानिससँग अन्तक्र्रिया गर्न सक्ने डिस्प्ले दिएको छ । जसमा १७११ एलइडी बीमको प्रयोग गरिएको छ । यसलाई अप्सनल रुपमा ग्राहकले प्रयोग गर्न सक्नेछन् । एलइडी बीम बिनाको जिकर मिक्स पनि बजारमा उपलब्ध हुनेछ ।
निकै पृथक डिजाइनमा देखिएको जिकर मिक्समा ३००८ एमएम लामो ह्वीलवेस पाउन सकिन्छ । ह्वीलवेस निकै लामो भएपनि कारको लम्बाई भने ४६८८ एमएम मात्रै छ । यसको बाहिर डिजाइनलाई निकै फरक किसिमले तयार परिएको छ । क्वार्कि डिजाइन, रुफमा दिइएको लाइडार सेन्सर, फ्लस डोर ह्याण्डल, छाटो बोनेट, फेनसी स्लाइडिङ डोर यसको बलियो पक्ष हो ।
यसमा ठूलो फ्लोटिङ स्कृन, एलसीडी इन्ट्रुमेन्ट क्लष्टर, हेडअप डिस्प्ले, २.० जिकर ड्राइभिङ एसिस्टेन्स सिस्टम जस्ता फिचर दिइएको छ । यसमा १९ र २० इन्चको दुई ह्वील अप्सन उपलब्ध छ ।
जिकरले मिक्स एमपीलाई दुई ब्याट्री अप्सनमा ल्याएको छ । यसमा ७७ किलोवाट आवर र १०१ किलोवाट आवरको दुई ब्याट्री अप्सन पाउन सकिन्छ । यसमा रहेको सानो ब्याट्रीले ५५६ किलोमिटर र ठूलो ब्याट्रीले ७१२ किलोमिटर रेन्ज दिने सीएलटीसीले प्रमाणित गरेको छ ।

