बजारमा आयो एबीएससहितको रोयल इनफिल्ड हिमालयन

विश्व बजारलाई नयाँ-नयाँ मोडल प्रस्तुत गर्दैआएको पुरानो मोटरसाइकल कम्पनी रोयल इनफिल्डको नयाँ मोडल हिमालयन एबीएस मोटरसाइकल सार्वजनिक भएको छ । एबीएस सेफ्टी इक्विप्मेन्टसहित यो मोटरसाइकल बजारमा आएको हो । 

भारतीय बजारमा हिमालयन एबीएसको मूल्य १ लाख ७८ हजार भारतीय रुपैयाँ रहेको छ, भने स्ट्यान्डर्ड भेरियन्टमा यसको मूल्य १ लाख हजारभन्दा बढी हुन बताइएको छ । 

एबीएस फिचर समावेश गरिएको हिमालयन एबीएस सुरक्षित मोटरसाइकलको रुपमा परिचित छ । हिमालयन एबीएसमा ४११ सीसी सिङ्गल सिलिन्डर, फोरस्ट्रोक, एयरकुल, एफआईएसओएचसी इञ्जिन लगाइएको छ । 

यसमा लगाइएको इञ्जिनले ६५०० आरपीएममा २४.५ बीएचपी पावर र ४२५० आरपीएममा ३२ एनएम टर्क जेनेरेट गर्छ । यस मोटरसाइकलमा पाँच स्पीड ट्रान्समिसन जडान गरिएको छ । त्यस्तै, हिमालयन एबीएस मोटरसाइकलको २१९० एमएम लम्बाई, ८४० एमएम चौडाई, १३६० एमएम उचाई र १४६५ एमएम ह्वीलवेशकासाथै सिटको उचाई ८०० एमएम रहेको छ । 

हिमालयन एबीएस मोटरसाइकल १९१ केजी तौलको रहेको यो बाइकमा हाल्फ डुप्लेक्स स्प्लिट कार्डल फ्रेम रहेको छ, जसले २०० एमएम र १८० एमएम मोनोशक रियरकासाथै लामो दूरीको फ्रन्ट फर्क सस्पेन्ड गर्छ ।

हिमालयन मोटरसाइकलले सिङ्गल पिस्टन फ्लोटिङ केलिपर २४० एमएम रियरडिस्क र फ्रन्ट डिस्कमा टू पिस्टन फ्लोटिङ केलिपर ३०० एमएम प्रयोग गर्छ । मडिया रिपोर्टकाअनुसार रोयल इन्फिल्डले यस वर्षको अन्त्यमा आफ्नो सबै ड्यूल च्यानल एबीएस मोडल सार्वजनिक गर्ने अनुमान गरिएको छ ।


Back_to_top