रोयल इन्फिल्डको नयाँ मोडल परिक्षणमा, २५० सीसीसँगै सबैभन्दा कम मूल्य हुने

रोयल इन्फिल्डले आफ्नो २५० सीसीको मोटरसाइकल परिक्षण सुरु गरेको तस्विर बाहिर आउको छ । कम्पनीले यसअघि नै २५० सीसी सेग्मेन्टमा मोटरसाइकल ल्याउने घोषणा गरेको थियो ।

रोयल इन्फिल्ड हन्टरको नामबाट आउने संभावना रहेको लाइट वेट मोटरसाइकल विशेषत युवा वर्गलाई लक्षित गरेर ल्याउन लागेको कम्पनीको दाबी छ । कम्पनीले यसमा अधिकांश फिचरहरु थन्डर वर्ड ३५० एक्सबाट लिएको अनुमान गरिएको छ ।

हेर्दा ३५० सीसीको इन्जिन जस्तै देखिएपनि यसमा २५० सीसी सिंगल सिलिण्डर इन्जिन दिएको छ भने यसको मूल्य रोयल इन्फिल्ड ब्राण्डकैै सबैभन्दा सस्तो हुने अनुमान गरिएको छ । कम्पनीले यो नयाँ मोडलको परिक्षण साउथ इन्डियाको विभिन्न स्थानमा गरिरहेको छ ।

कम्पनीले ल्याउने नयाँ मोटरसाइकलले जावाको ४२ सँग गर्नेछ । भारतमा गतवर्ष निकै ठूलो बजार हिस्सा घटेको कम्पनीले नयाँ ब्राण्डको प्रबेशसँगै आफ्नो नयाँ मोडल एकपछि अर्को बजारमा ल्याउने जनाएको थियो ।


Back_to_top