५ लाखमा कार ! यी हुन् रिकन्डिसन हाउस धेरै भएका स्थान

काठमाडौं । नयाँ कार धेरै नेपालीको सपना हुने गरेको हुन्छ । तर, आफ्नो आर्थिक अवस्थाका कारण धेरै मानिसले सुरुवातमा नै नयाँ गाडी किन्न सक्ने अवस्था रहँदैन । साथै पहिलो पटक कार चलाउन सिकेर गाडी किन्नेको रोजाईमा पनि नयाँ कार पर्दैन ।

रिकन्डिसन बजारमा राम्रो मूल्य पाउन नसक्ने कुनै-कुनै ब्राण्डको निकै राम्रो कन्डिशनमा रहेको गाडीपनि ५ लाख रुपैयाँमा किन्न पाउने अवस्था रहेको व्यवसायीहरु बताउँछन् ।

‘अहिले रिकन्डिसन बजारमा ५ लाखदेखि २ करोडभन्दा माथीसम्मका गाडी किन्न पाईन्छ, उनिहरुको अनुसार हरेक ब्राण्ड अनुसार त्यसको रिसेल मूल्य फरक हुने गरेको छ’, एक व्यवसायीले भने ।

‘बजारमा जस्को धेरै गाडी बिक्री हुन्छ उसैको रिसेलपनि धेरै आउँछ । गाडी कम बेच्नेको स्वभाविकरुपमा रिसेलमा मूल्य कम आउँछ’ गौरिघाटमा रिकन्डिसन गाडी बिक्री गर्ने सुनिल श्रेष्ठ भन्छन् ।

त्यसैले बजारमा नयाँ गाडी किन्नेभन्दा बढी संख्यामा पुराना गाडीको कारोवार हुने अवस्था आइसकेको छ । नेपालका हरेक सहरमा रिकन्डिन गाडी खरिद बिक्री केन्द्रहरु खुलेर गाडीको किन बेच गर्दै आएका छन् भने उपत्यकामा हरेक चोकमा यस्ता सट्टापट्टा केन्द्र खुलेका छन् ।

‘बजारमा राम्रो कन्डिसनमा ५ लाखमा गाडी किन्न सकिने अवस्था छ । रिकन्डिसन हाउस बीचकाे तिब्र प्रतिस्पर्धाको कारण पनि उपभोक्तलाई फाइदा पुगेको छ’, लामो समयदेखि रिकन्डिसन गाडी बिक्री गर्दै आएका सचिन कुँइकेलले भने ।

कहाँ कहाँ छन् रिकन्डिसन हाउस
अहिले उपत्यकामा कतिवटा रिकन्डिसन हाउसहरु संचालनमा रहेका छन् भन्ने विषयमा एकिन तथ्यांक नभएपनि करिब ७० देखि ८० वटा हाराहारीमा संचालनमा रहेको व्यवसायीहरु बताउँछन् ।

उपत्यकामा सबैभन्दा बढी रिकन्डिसन हाउस नक्साल, विशालनगर, पुल्चोक, मित्रपार्क, कालिमाटी, त्रिपुरेश्वर, कलंकी, बालाजु, सोह्रखुट्टे, मध्यबानेश्वर, पुल्चोक, बानेश्वर जस्ता एरियामा रहेका छन् ।

धेरै खोजी हुने ब्राण्ड र मोडल

विशेषगरी हुन्डाई र मारुती सुजुकीका गाडी रिकन्डिसन बजारमा सबैभन्दा धेरै खोजी हुने ब्राण्ड हुन् । त्यसपछि फाेर्ड, टाटालगायतका ब्राण्ड पर्ने गरेका छन् । महिन्द्राका गाडी खासै रिकन्डिसन हाउसमा बिक्रीको लागि आउने गरेको छैन । उसका गाडी पहिलो व्यक्तिबाट सिधै अर्को मा बिक्री हुने गरेको रिकन्डिसन हाउस संचालकहरु बताउँछन् ।

हुन्डाई र सुजुकीका इन्ट्री लेवल र ह्याचव्याक मोडलहरु अहिले बजारमा सबैभन्दा धेरै खोजीने मोडलमा पर्ने गरेका छन् । हुन्डाईकाे पुरानो मोडलको सेन्ट्रो, आई१० र ग्राण्ड आई१० जस्ता मोडल ग्राहकले अत्याधिक खोज्ने मोडल भएको छ ।

त्यसैगरी मारुती सुजुकीको अल्टो, स्वीफ्ट, डिजायर र सेलेरियो रिकन्डिसनमा धेरै खोजीने मोडल हुन् । राम्राे कन्डिसनमा रहेका यी गाडी रिकन्डिसन बजारमा १० लाख हाराहारी रुपैयाँबाट किन्न सकिन्छ ।

रिकन्डिसन हाउसले कसरी गर्छन् मूल्य निर्धारण ?

रिकन्डिसन हाउसहरुले कुनै एउटा गाडी ५ लाख रुपैयाँमा किनेभने त्यसपछि त्यो गाडी मर्मत संभार गर्न लाग्ने शुल्क, नाफा, लगानीको व्याज र गाडीको होल्डिङ पिरियडलाई आधार बनाएर मूल्य कायम गर्ने गरेका छन् ।

तर, गाडीको मूल्य निर्धारण गर्ने खासै संयन्त्र नभएकाले रिकन्डिसन हाउस संचालकले कुनैपनि गाडी यति मूल्यमा किने र पछि यतिमा यसलाई बिक्री गर्न सक्छु भन्ने हिसावले नै गाडीको मूल्य निर्धारण गर्ने गरेको पाइन्छ ।


Back_to_top