साझाकाे विद्युतीय बस सेवा उद्घाटन

काठमाडौं । साझा यातायातले ५ वटा विद्युतीय गाडी संचालनमा  ल्याएको छ। आज आयोजित एक कार्यक्रममा प्रधानमन्त्रि केपी ओलीले उक्त बस सेवाको उद्घाटन गरेका छन् । 

साझाले केही समय पहिले विद्युतीय गाडी गुडाउने घोषणा गरेको थियो। ल्याउने भनिएका ५ मध्ये २ काठमाडौं आइसकेको छ। एउटा बाटोमा छ भने बाँकी दुई आउने प्रक्रियामा रहेका छन्।

यी बसहरूलाई लुम्बिनी क्षेत्रमा गुडाइनेछ। साझाको व्यवस्थापनमा रहने बस खरिदका लागि एडिबीले सहयोग गरेको हो।

चालकसहित २० सिट क्षमताका ती गाडीमा सिसि क्यामरा, उभिएर यात्रा गर्नेको लागि ह्याङगरलगायतका सुविधा छन्।

साझासँगै सुन्दर यातायात, मयूर यातायातले पनि विद्युतीय गाडी ल्याउने घोषणा गरेका छन्।


Back_to_top