१३ दिनमा २३ हजार ५ सय सेन्ट्रो बुकिङ, आज सार्वजनिक हुँदै

न्यू हुन्डाइ सेन्ट्रो बुकिङ खुलाएको १३ दिनमा २३ हजार ५ सय बुकिङ भएको छ  यो मोडल कम्पनीको बहुप्रतिक्षीत कार हो ।

भारतीय बजारमा आज न्यु सेन्ट्रो सार्वजनिक हुँदै छ । यसमा ग्राहकलाई आकर्षित गर्ने विभिन्न विशेषता समेटिएका छन् । कारमा उपलब्ध १.१ लिटर फोर सिलिन्डर पेट्रोल इन्जिनले ६८ पिएस पावरका साथै ९९ एनएम टर्क उत्पादन गर्छ । कम्पनीले कारलाई दुई वटा भेरियन्टमा सार्वजनिक गर्ने तयारी गरेको छ । सेन्ट्रोको सिएनजी मोटरले ५७ बिएचपी पावरका साथै ७७ एनएम टर्क उत्पादन गर्छ भने,यसमा ५ स्पिड म्यानुअल गियरबक्स  दिइएको छ ।  यसको अलवा कारमा ५ स्पिड एएमटी गियरबक्सको बिकल्प  दिइएको छ । तर, सिएनजी भेरियन्टमा म्यानुअल गियर बक्समात्रै  उपलब्ध छ । 

कारलाई पूर्ण रुपमानयाँ अवधारणामा निर्माण गरिएको छ । यसको लम्बाइ र चौडाइ केही बढि रहेको छ उचाई केही कम रहेको छ । यसमा १७.६४ सेमी टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम दिइएको छ ।

सेन्ट्रोमा  एप्पल कारप्ले, एन्ड्रोइड र अटो  र मिरर लिंक जस्ता विशेषता समेटिएका छन् । साथै, अन्य कारमा उपलब्ध एबिएस र ड्राइभ एयर ब्यागको विशेषता दिइएको छ । यसको टप मोडलमा ड्राइभर साथै प्यासेन्जर एयर ब्याग  लगाईएको छ । पछाडिको सिटमा रियर एसि भेन्ट दिइएको छ  भने कारलाई सुरक्षित बनाउँन ६३ प्रतिशत हाई स्ट्रेन्थस्टिलको प्रयोग गरिएको छ । 


Back_to_top