काठमाडौं । सानिमा बैंक लिमिटेडले चार पाङ्ग्रे सवारी साधन किन्ने ग्राहाकहरुलाईको लागि सजिलो अटो लोनको स्किम ल्याएको छ । यो कर्जा उपभोग गर्ने मानिस संगठित संस्थामा काम गर्ने र उसको मासिक तलव सुविधाको ५० प्रतिशत रकमले किस्ता तिर्न पुग्ने हुनु पर्ने छ ।
कम्पनीले ल्याएको अफरमा गाडी किन्न चाहने उद्यमी तथा अन्य संस्थाको हकमा भने कम्पनी रजिष्टर लगायतका आवश्यक कागज पत्र बुझाउनु पर्ने छ ।
बैंकले कोरोना महामारीको समयमा सामाजिक दुरी कायम गरेर हिड्डुल गर्नूपर्ने भएकोले कम आम्दानी हुने ग्राहकले पनि १० वर्षसम्मको सरल किस्ताबन्दीमा चारपाङ्ग्रे सवारी साधन खरिद गर्न सकुन भनेर यो अफर ल्याएको जनाएको छ । कम्पनीको अफरमा कर्जा प्रयोग गर्ने ग्राहकले १०.५ प्रतिशत व्याज र सुरुमा १ प्रतिशत सेवा शुुल्क तिर्नु पर्ने हुन्छ । बैंकले यस्तो कर्जाको सिमा ५० लाख मात्र हुने जनाएको छ ।
बैंकले तत्काल फोर्ड, सुजुकी र हुन्डाईका कारहरुमा यो कर्जा प्रदान गर्ने संझौता गरेको जनाएको छ । ग्राहाकले अन्य कम्पनीका कार खरिद गर्न चाहेमा पनि यो कर्जा सुविधा लिन सक्ने छन् ।
बैंकले नेपाल राष्ट्र बैंकले तोकेअनुसार पेट्रोलियम पदार्थबाट चल्ने गाडीमा ५० प्रतिशत र इलेक्ट्रीक कारमा ८० प्रतिशतसम्म कर्जा प्रबाह गर्ने छ ।
बैंकले यस्तो कर्जा सेकेन्ड ह्याण्ड कारमा दिने जनाएको छ । सेकेन्ड ह्याण्ड कारको हकमा भने कर्जा समाप्त हुने समय कारको जीवन ८ वर्ष मात्र भएको हुनु पर्ने छ । यस्तोमा तपाईले २ वा ३ वर्ष पुरानो गाडी यो अफरमा किन्न चाहनु भए ५ वर्षसम्मको लागि कर्जा पाउन सकिने छ ।


