डिलरहरुले आत्मसम्मान खोजेका हुन्, भाग होइनः सन्तोष खतिवडाको अन्तर्वार्ता

नेपालमा अटोमोबाइल ब्यवसाय संगठित हुँदै गएको छ । व्यवसायको प्रकृति र यसको आकार हेर्दा विस्तारको अझै धेरै अवसर देखिन्छ । नेपालमा अहिले यूरोप, अमेरिकी, कोरियन, जापान, चीन र सबैभन्दा धेरै भारतीय ब्राण्डका सवारीसाधन आयात र विक्री हुने गरेका छन् ।
नेपालभर अहिले करिब ५ दर्जन जति ब्राण्डका दुई, तीन, चार पाङ्ग्रे साधन र कमर्शियल गाडी उत्पादन गर्ने ब्राण्डले आफ्नो आधिकारीक विक्रेता नियुक्त गरेका छन् । नेपालमा कुनै एक फर्मले एउटा मात्रै आधिकारीक वितरक वितरक दिने गरेको भएपनि कुनै कुनै ब्राण्डले दुई वटासम्म आधिकारीक वितरक नियुक्त गरेको पाइन्छ । यस्तोमा यी ब्राण्डको देशैभर नेटवर्क त्यहाँ स्थानीय स्तरमा दिएको डिलरसीपले तयार गर्ने गरेको पाइन्छ ।

यहाँका डिलरहरु व्यवसायीक रुपमा आधिकारीक वितरकबाट प्रताडित रहेको विषयपनि बेला बेला आउने गर्छ । डिलर संचालकहरुले एक वर्षअघि छुट्टै संस्था निर्माण गरेर आफ्नो अधिकारको लडाई लड्ने बताएका थिए । तर, अहिले यो विषय गुपचुप भएको छ । यही विषयमा टाटा र कियाको डिलर नियुक्त भएर काम गर्दै आएका सन्तोष खतिवडालाई हामीले प्रश्न गरेका थियौं, तपाईहरु ग्राहकसँग सिधा डिल गर्नु हुन्छ, अहिलेको अवस्थालाई कसरी हेर्नु भएको छ ?

म प्रत्येक्ष रुपमा प्यासेन्जर कार र कमर्शियल गाडी विक्री गर्ने काममा संग्लग्न भएको कारण दुबै किसिमका ग्राहकसँग नजिक छु । कमर्शियल गाडी किन्न व्यवसायीले अहिले चाहिरहेको छैन । कोभिड संक्रमणको बेला बेला आइरहने लहर, बैंक व्याजदर जस्ता कारण कमर्शियल गाडीको विक्री छैन । कारको माग बढेको छ, तर गाडी सप्लाई नभएको कारण विक्री बढ्न सकेको छैन । अहिले दुबै सेग्मेन्टमा तरलता अभाव र बैंक व्याजदरले समस्या सृजना गरेको छ । अहिले कमर्शियल साधन विक्री गर्ने शोरुममा मानिस जानै छाडेका छन् ।

कम्पनीले दिएको गाइडलाइन नमान्ने, गरेको एग्रिमेन्ट नपढि सम्झौँता गर्ने र पछि गुनासो गर्ने डिलर पनि छन् । यी सबै समस्यालाई हामी एकै स्थानमा बसेर छलफल गर्न चाहन्छौं ।

व्याजदरमा ४ देखि ५ प्रतिशत बढ्दा कसैले लगानी गर्न चाहेकै छैनन् । कोभिड १९ को कारण पछिल्ला दुई वर्ष सार्वजनिक यातायात निकै समस्यामा परेको हामीले देखेका छौं । यही अवस्थामा ऋणको भारी बोक्न कमर्शियल गाडी किन्न व्यवसायी तयार छैनन् । यद्यपी लाइट कमर्शियल भेहिकलको विक्री भने सन्तोषजनक छ भन्नु पर्छ । अहिले प्यासेन्जर कारमा स्टक धेरै छैन । तर, कमर्शियलमा भने धेरै स्टक छ । स्टक लिएर बस्दा विक्रेताको खर्च बढ्छ ।

नाडामा रहेका आयातकर्ता र तपाईहरु डिलरको बीचमा थुप्रै मतान्तरण रहेको विषय बाहिर आएका थिए । अहिले फेरी नाडामा नयाँ नेतृत्व आएको छ र तपाई आफैँ डिलर कमिटीको सह–सभापति बन्नु भएको छ । तपाईहरु बीचको वास्तविक समस्या चाहिँ के हो ?

हामी देशभर रहेका डिलरको डिष्ट्रीव्यूटरसँग धेरै ठूलो फरक मुद्दा छैन । तर, डिस्ट्रीव्यूटरको मुख्य विक्री स्रोत त डिलर हुन् नि । यो विषय उहाँहरुले राम्रोसँग बुझिदिनु भएन भन्ने हो । उहाँहरुले ल्याएको प्रोडक्टलाई विक्री गर्न लागिरहँदा डिलरले पनि त्यसमा लगानी गरेको हुन्छ नि । डिलरहरु आफ्नो लगानी नै नगरी नाफा मात्रै खान बसेका त होइनन् नी । व्यवसाय कस्तो हुनु पर्छ भन्दा पनि डिलरलाई पनि आत्मसम्मान वा भनौ ‘रेक्सपेक्ट’ दिनु पर्छ भन्ने हाम्रो कुरा हो । डिलरले गरेको लगानीले ग्राहक र ब्राण्ड बीचको पनि पुलको भूमिका निर्वाह गरेको हुन्छ । त्यसैले हामीले डिलरलाई दिन सकिने रेक्सपेक्ट दिनु पर्छ भन्ने हो ।

यहाँ हरेक डिस्ट्रीव्यूटरले सेक्यूरिटी गार्डदेखि एउटा मध्यम स्तरको कर्मचारीले जागिर छाड्न लाग्दा दुःख मनाउ गर्ने तर, करोडौं रुपैयाँ लगानी गरेर काम गरिरहेका व्यवसायीक पाट्नर जस्तो सम्मान दिनु पर्ने डिलरलाई चाहिँ ‘मिनिमम् रेक्सपेक्ट’ पनि दिने नहुने भन्ने कुरा हामीले उठाएका हौं ।

अरु कम्पनीले के गर्छन् मलाई ज्ञान छैन । तर, म आवद्ध भएका संस्थामा हाम्रो भ्यू लिने वा छलफल गर्ने भन्ने छैन ।

यहाँ बाहिर हल्ला भएजस्तो नाडामा डिलरहरु गएभने त्यही डिलर र आयातकर्ताको मुद्दाले प्रबेश पाउँछ भन्ने होइन । हरेक कम्पनीले डिलर नियुक्त गर्दा सर्तहरु सहित सम्झौँता गरेका हुन्छन् । त्यसबाट दुबै पक्ष बाहिर जान सक्दैन । अफ्ठ्यारो परेको समयमा एक अर्काले सहयोग गर्ने भन्ने चलिरहन्छ । तर, डिष्ट्रीव्यूटरले राम्रो गर्ने तर एउटा डिलर आर्थिक रुपमा ठूलो क्षती व्योहोरेर काम गर्दा पनि उसलाई सहयोग गर्नुको साटो डिलरबाटै हटाइदिने पद्दतीमा हाम्रो विमति हो । नीति भनेको स्थिर हुन्छ भन्ने कुरामा हामी प्रस्ट छौं । आक्रमक बजार विस्तारमा अगाडि बढेको डिलरलाई एकाध समस्या आउँदा सहयोगको साटो हटाउने र ठूलो आर्थिकभार थोपर्ने कुराको हामीले विरोध गरेका हौं ।

यति भनिरहँदा अब नाडामा तपाईको पनि प्रबेश भएको छ ? त्यहाँ यी विषयले चर्चा पाउँछन् कि पाउँदैनन् ?

हामीले खोजेको ‘मिनिमम् रेक्सपेक्ट’ हो । नाडामा बसेर हामी व्यवसायीक सौदावाजी गर्दैनौं । डिलर र आयातकर्ता एउटै टेवलमा बसेर छलफल गर्न सकिन्छ र गर्नु पर्छ भन्ने हाम्रो कुरा हो । त्यो विषय अहिले नाडामा रहेका साथीहरुले पनि केही हदसम्म बुझ्नु भएजस्तो लाग्छ ।

तपाईहरुले डिलर हितको लागि समूहीक सौदावाजी गर्न त नाडामा बसेरभन्दा छुट्टै संस्था बनाउँदा सजिलो हुन्थ्यो होला नी ?

ठिक हो । त्यसको लागि हामीले अर्को संस्था दर्ताको लागि तयार पनि पारेका थियौं । एक वर्ष अघि विधान, नाम लगायत सबै विषय टुङ्गीएको थियो । तर, नाडा नेपालभर फैलिएर बसेको संस्था थियो । त्यसैले एकै प्रकृतिको व्यवसायमा धेरै संस्था बनाउन हुँदैन भनेर हामीले एकै स्थानमा बसेर काम गर्नु पर्छ भनेका हौं । अहिले हाम्रा डिलरहरु पनि असाध्यै राम्रा छन् भन्ने पनि छैन । कम्पनीले दिएको गाइडलाइन नमान्ने, गरेको एग्रिमेन्ट नपढि सम्झौँता गर्ने र पछि गुनासो गर्ने डिलर पनि छन् । यी सबै समस्यालाई हामी एकै स्थानमा बसेर छलफल गर्न चाहन्छौं । त्यसैले अर्को संस्था बनाएर काम गर्न हामीले नचाहेको हो । हामी त्यही बसेर डिलर हितको लागि काम गर्नेछौं ।

देशको संघिय संरचना अनुसारको व्यवसाय विस्तारको लागि रणनीति निर्माण गर्न डिलरहरुको भूमिका कस्तो रहन्छ ?

यो निकै चाखलाग्दो विषय हो । यहाँ डिलरहरुसँग आयातकर्ता कम्पनीले कसरी छलफल गर्छन् । उनिहरुको भौगोलिक अवस्था, आर्थिक स्रोत, आम्दानी र खर्चगर्ने आदतको विषयमा व्यापक छलफल भएको मैले पाएको छैन । अरु कम्पनीले के गर्छन् मलाई ज्ञान छैन । तर, म आवद्ध भएका संस्थामा हाम्रो भ्यू लिने वा छलफल गर्ने भन्ने छैन । प्रत्यक्ष रुपमा ग्राउन्डमा रहेर काम गर्ने डिलरहरुसँग राम्रै ज्ञान हुनसक्छ । त्यसलाई आत्मसात गर्दै गहन छलफल गरेर काम गर्दा डिष्ट्रीव्यूटर र डिलर दुबैलाई फाइदा हुनसक्छ । हामी चाहन्छौं दुबै पक्ष मिलेर अटोमोबाइलको व्यापार व्यबस्थित गर्न सक्छौं ।


Back_to_top