भोलिबाट जोर-विजोर हटाउने विषयमा छलफल

काठमाडौं । चौतर्फी दवाव आएपछि अघिल्लो हप्ताबाट सार्वजनिक यातायातमा लगाइएको जोर विजोर प्रणाली हटाएको सरकारले भोलिबाट निजी साधनमा लागइएको जोर विजोर हटाउने संकेत गरेको छ । त्यसको लागि काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयूक्त बैठक आज बस्ने भएको हो ।

काठमाडौं उपत्यकाभित्र निजी सवारीमा जोरबिजोर प्रणाली लागू हुँदै आएको छ। आज बस्ने बैठकले निजी सवारीमा लागू भएको जोरबिजोर प्रणालीको समीक्षा गर्दै हटाउने तयारी भइरहेको भएपनि सिसिएमसी बैठकको निर्णय कुरेर सीडीओहरुले कुरिरहेका छन्।

केही दिनदेखि कोरोना सङ्क्रमणको दर घट्दै गएको छ। परीक्षण गर्दा ५० प्रतिशतभन्दा बढी देखिएको सङ्क्रमण दर अहिले घटेर २५ प्रतिशत तल आइपुगेको छ। सङ्क्रमण दर घट्दै जाँदा जिल्ला प्रशासनले पनि निषेधाज्ञा खुकुलो बनाउँदै लग्ने योजना बनाएको हो ।


Back_to_top