गाडी तथा बाइकको टायर बचाउने १० उपाय

काठमाडौं । टायरले बाइक तथा कारको पफर्मेन्स, सुरक्षा, आकर्षण, माइलेजलगायतका विषयमा महत्वपूर्ण भूमिका निभाएको हुन्छ । 

सवारी साधनको आयु सिमित हुनेगर्छ । यसलाई निर्धारित समयपश्चात् सडकमा गुडाउन सकिदैन । तर, टायरको सुरक्षालाई ध्यान दिएको खन्डमा टायरलाई लामो समयसम्म चलाउन सकिन्छ । टायरको समयाअवधि बढाउने १० उपाय यस्ता रहेका छन् । 

टायर प्रेशर 

टायरको आयु बढाउनको लागि ध्यान दिनुपर्ने कुरा हो, टायर प्रेशर । सामान्यतया ओभरलोडिङ्गको कारण टायरमा बढी प्रेशर पर्ने गर्छ । त्यस्तो समयमा टायरमा हावाको प्रेशर सहि नभएमा अन्डर फ्लाटेशनभई टायर फाट्ने संभावना बढ्छ । त्यसैले सकेसम्म टायरको प्रेसरलाई कम्पनीले तोके अनुसार राख्नु उपयूक्त हुन्छ । 

ह्वील एलिमेन्ट र ब्यालेन्सिङ 

ह्वील एलानमेन्ट तथा ब्यालेन्सिङ मार्फत टायरको आयु बढाउन सकिन्छ । यसले सस्पेन्सन कम्पोनेन्टको आयुलाई समेत बढाउने गर्छ । 

रोटेटिङ्ग टायर 

गाडी कम्पनीले निर्धारण गरेअनुसार टायर घुमेको छ वा छैन परिक्षण गर्नुपर्छ । टायर घुम्ने प्रक्रियाले पनि टायरको लाइफ निर्धारण गर्ने गर्छ । कम्पनीद्धारा निर्धारित प्रक्रिया अवलम्बन नगरे कारको टायरमा निरन्तर समस्या आइरहन सक्छ ।

भल्भ र भल्भ क्यापलाई परिवर्तन गर्ने

नयाँ टायर जडान गरेसँगै टायर भल्भ तथा भल्भक्याप पनि परिवर्तन गर्नुपर्ने हुन्छ । टायरमा समस्या आउनुको पछाडि भल्भ र भल्भ क्यापकोपनि भुमिका रहने गर्छ । समयाअनुकुल यी कम्पोनेन्टको परिवर्तन गर्दा टायर लामो समय चलाउन सकिन्छ । 

ड्राइभिङ्ग

सुस्त गतिमा गाडी चलाउँदा माइलेज मात्रै नभई टायरको लाइफ पनि बढ्ने गर्छ । यसका साथै, हार्ड ब्रेकिङ्ग, एस्केलेरेशन, एग्रेशिप कनसर्निङलगायतका कुराले टायरको आयु घटाउदै लैजान्छ ।

खाडलमा धेरै नहाल्ने

खाल्डा खुल्डी परेको सडक तथा ढुंगा छापिएको रोडमा गाडी गुडाउँदा टायरको आयु घट्ने गर्छ । यसले टायर पन्चर मात्रै गराउँदैन, साइड वालसमेत ड्यामेज हुने गर्छ । त्यसैले संभव भएसम्म त्यस्ता सडकमा ड्राइभिङग नगर्दा बेश हुन्छ । ड्राइभिङग गर्नै परेको अवस्थामा सुस्त गतिमा सवारीसाधन चलाउनु पर्छ । 

ओभरलोड 

कम्पनीले तोकेको क्षमताभन्दा बढि यात्रु बोकेमा पनि टायरमा निक्कै असर पर्न जान्छ । ओभरलोडको कारण टायरमा मात्रै नभई सस्पेन्सन कम्पोनेन्टमा गम्भिर असर पर्छ । टायरको आयु लम्ब्याउनका लागि अनावश्यक लोड बोक्नु हुदैन । 

पन्चर टायर बनाउने 

विभिन्न कारणले टायर पन्चर हुनेगर्छ । यस्तो समयमा यथासक्य चाँडो टायर रिपियर गर्नुपर्छ । तर, पन्चरपछि रिपियर भएको टायरको प्रयोग गर्दा दुर्घटना हुने संभावना उच्च हुनेगर्छ । त्यसैले, सकेसम्म  पन्चर भएपछि टायर परिवर्तन गर्नु उचित रहन्छ । 

ढुंगाछापिएको सडकमा स्पीड कम गर्ने

ढुंगा छापिएको सडकमा तिव्र गतिमा सवारीसाधन गुडाउँदा टायरमा समस्या निम्तने गर्छ । उच्च घर्षणको कारण टायर फाट्न सक्छ  । त्यसैले त्यस्तो सडकमा ड्राइभिङ्ग गर्दा सकेसम्म कम रफ्तारमा गाडी चलाउनु पर्छ । 

स्टान्र्डड मापदन्डमा आधारित टायरको प्रयोग गर्ने

सकेसम्म, सुरक्षा मापदन्ड अनुसार निर्माण गरेका टायरको प्रयोग गर्नुपर्छ । केहि महंगा भएतापनि त्यस्ता टायर टिकाउ योग्य हुने गर्छन भने, सामान्य टायरको तुलनामा आयु लामो हुने गर्छ । 


Back_to_top