काठमाडौं । बुद्ध एयरले ८५ करोड रुपैयाँमा नयाँ जहाज किन्ने भएको छ । उक्त जहाज फ्रान्सबाट आयात गर्न लागिएको हो ।
बुद्ध एयरका एचआरडी डिरेक्टर खगेन्द्र बस्नेतकाअनुसार उक्त एयर क्राफ्ट यही मार्चको पहिलो वा दोस्रो साताबाट सञ्चालनमा आउने छ ।
उनकाअनुसार एयरले एटीआर–७२–५०० जहाज भित्र्याउन लागेको उनले बताए । उक्त जहाज फेब्रुवरी तेस्रो हप्तासम्ममा नेपाल आइसक्ने उनले जानकारी दिए ।
‘एटीआर जहाज यही फेब्रुअरी तेस्रो हप्तासम्म आइपुग्नेछ, अनि मार्चबाट हामी उडान सुरु गर्नेछौँ,’ बस्नेतले मेरोअटोसँग भने ।
७२ यात्रु क्षमता भएको उक्त एयर क्राफ्टले नेपालका बिभिन्न गन्तव्यमा उडान भर्ने छ ।
एकदिनमा दूरीअनुसार दिनको ४ देखि ५ वटा उडान भर्ने बस्नेतले जानकारी दिए । साथै, उनले यसको उडान सफलतापछि अर्को जहाज पनि भित्र्याउन सकिने जानकारी दिए ।

